सोमबार, असार २९, २०८३

सिरी ‘ए’ मा नापोलीविरुद्ध इन्टर मिलानको जित

एजेन्सी– इन्टर मिलानले सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ। इन्टरको गुइसेप्पा मेजा रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम नापोलीलाई २–० गोल अन्तरले हराएको हो।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

एजेन्सी– इन्टर मिलानले सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ। इन्टरको गुइसेप्पा मेजा रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम नापोलीलाई २–० गोल अन्तरले हराएको हो।

जितका लागि डानियालाले डि एमब्रोसिया र लाउरेतो मार्टिनेजले गोल गरे। डानियालोले खेलको ११ औं मिनेटमै गोल गदै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। क्रिस्टियानो बिग्राहीको पासमा गरेको पहिलो गोलसँगै पहिलो हाफको खेलमा इन्टर एक गोलले अघि रह्यो।

दोस्रो हाफको ७४ औं मिनेटमा इन्टरले दोस्रो गोल थप्यो। यसपटक भने निकोलो ब्यारेलाको पासमा मार्टिनेजले गोल गरे।

३७ खेलमा २३ औं जितसहित इन्टर मिलान ७९ अंकका साथ दोस्रो स्थानमा कायम छ। त्यस्तै तेस्रो स्थानको एटलान्टाको ७८ अंक हुँदा चौथो स्थानको लाजियोको ७५ अंक छ। शीर्षस्थानको युभेन्टसको ८३ अंक छ। युभेन्टस २ खेल अगाबै लिगविजेता बनिसकेको छ।
त्यस्तै पराजित नापोली ५९ अंकका साथ सातौँ स्थानमा छ।

एटलान्टाको जित

मंगलबार राति नै सम्पन्न अर्को खेलमा एटलान्टाले पार्मालाई २–१ गोल अन्तरले हराएको छ। एनियो टार्दिनी रंगशालामा सम्पन्न खेलमा जितका लागि रुस्लान मलिनोभ्स्की र अलेजेन्द्रो डारियो जोमेजले गोल गरे।

पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा ७० औं मिनेटमा एटलान्टाका मलिनोभ्स्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै ८४ औं मिनेटमा गोमेजलेगोल गर्दै एटलान्टालाई जित दिलाए।

खेलमा पराजित पर्मा ४६ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: Jul 29, 2020| 07:19 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।