बिहीबार, चैत ५, २०८२

तीन टेस्ट शृंखलामा आयोजक इंग्ल्यान्डको जित

एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्ड विजयी भएको छ। तीन शृंखलाको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डले पछिल्ला दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पारेको हो।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा आयोजक इंग्ल्यान्ड विजयी भएको छ। तीन शृंखलाको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डले पछिल्ला दुई खेलमा जित निकाल्दै सिरिज आफ्नो पोल्टामा पारेको हो।

National life

महामारीका कारण तीन महिनाभन्दा धेरै समय रोकिएको टेस्ट क्रिकेट गत ८ जुलाईबाट इंग्ल्यान्डमा सुरु भएको थियो। ८–१२ जुलाईमा भएको पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो भने १६–२० जुलाईको दोस्रो खेलमा भने इंग्ल्यान्ड वेस्ट इन्डिजमाथी भारी परेको थियो।

दोस्रो टेस्टमा ११३ रनले जित निकालेको इंल्यान्डले तेस्रो टेस्टमा २६९ रनको जित निकाल्दै २–१ को नतिजाले सिरिज जितेको हो।

तीन वटै सिरिजमा फिल्डिङबाट खेल सुरु गरेको वेस्ट इन्डिजनले तेस्रो खेलमा पनि टस जितेर इंग्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। २४ जुलाईबाट सुरु भएको अन्तिम पाँच दिवसिय खेलको दोस्रो इनिङमा वेस्ट इन्डिजले ३९९ रनको लक्ष्य पायो। तर ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा समेटिएपछि इंग्ल्यान्डले सिरीज जित्यो।

पहिलो इनिङमा इंग्ल्यान्डले ओले पोपेको सर्वाधिक ९१ रनको सहयोगबाट १११.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३६९ रन बनायो। इंग्ल्यान्डको पहिलो इनिङमा वेस्ट इन्डिजको केमर रोचले सर्वाधिक ४ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्यस्तै वेस्ट इन्डिजको पहिलो इनिङमा कप्तान जेसन होल्डरले सर्वाधिक ४६ रनको योगदान दिए। जम्मा ६५ ओभर टिकेको वेस्ट इन्डिज १९७ रनमै समेटियो। जहाँ इंग्ल्यान्डका स्टुअर्ट ब्रोर्डले सर्वाधिक ६ विकेट लिए।

यता इंग्ल्यान्डको दोस्रो इनिङ पनि सानदार रह्यो। मौसमले प्रभावित बनेको खेलमा यसले ५८ ओभरमै २२६ रन बनाएको थियो। जहाँ रोरी बर्न, डोम सिब्ले र कप्तान जोय रुटले अर्धसतकिय इनिङ खेले। मौसमले प्रभावित बनेपछि अन्य खेलाडीले खेल्न पाएनन्।

त्यस्तै गत सोमबारबाट ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले शाही होपको सर्वाधिक ३१ रनको सहयोगमा १२९ रन मात्र बनाउन सक्यो। इता इंग्लायन्डका क्रिस वोक्सले ५ विकेट लिँदा स्टुअर्ट ब्रोडले ४ विकेट लिए।

स्टुअर्ट ब्रोडले यही टेस्ट क्रिकेट सिरीजमा पाँच सय विकेट पूरा गरेका छन्। क्रइग ब्रेथवेटलाई पेवेलियन फर्काउँदै फर्काउँदै पाँच सय विकेट पूरा गरेका ब्रोड खेलमा प्लेयर अफ दी म्याचसमेत घोषित भए।

प्रकाशित: Jul 29, 2020| 06:51 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।