सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेप सदस्य सचिवको नियुक्ति प्रक्रियामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

राखेप सदस्य सचिवको नियुक्ति प्रक्रियामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

गत बिहीबार (साउन ८ गते) पूर्वखेलाडी तथा प्रशिक्षक दाहालले दायर गरेको रिट निवेदन उपर न्यायाधिश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाठौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्ति प्रक्रियामाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सिन्धुलीका पूर्वखेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले दिएको रिट निवेदनका सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।

गत बिहीबार (साउन ८ गते) पूर्वखेलाडी तथा प्रशिक्षक दाहालले दायर गरेको रिट निवेदन उपर न्यायाधिश डा. आनन्द मोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

सर्वोच्चले रिट निवेदनका लागि आज (साउन १३ गते) पोशी तोकेको थियो। तर हिजो सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले पूर्व सदस्य सचिव सिलवाललाई नै राखेप सदस्य सचिवमा पुनः नियुक्ति गरेको छ।

दाहालले युवा तथा खेलकुद मन्त्रालयको साइटमा मात्र राखेप सदस्य सचिवको विज्ञापन राखेको, समयवाधि कम दिएको, अन्य सञ्चारमाध्यममा सूचना नदिएको र मन्त्रालयको साइट र लेटरप्याड दुरुपयोग भएको भन्दै रिट दर्ता गराएका थिए।

मन्त्रालयले गत असार २६ गते सचिव रामप्रसाद थपलियासहित खेलविद् रिम रानाभाट र इन्दिरा निरौलको तीन सदस्यीय छनोट समिति बनाएको थियो।

प्रकाशित: Jul 28, 2020| 18:44 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।