सोमबार, असार २९, २०८३

इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले लिए ५ सय विकेट

एजेन्सी– फास्ट बलर स्टुअर्ट ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने इंग्ल्यान्डका दोस्रो खेलाडी बनेका छन्। इमिरेट्स ओल्ड ट्राफोर्ड रंगशालामा भइरहेको तीन शृंखलाको टेस्ट प्रतियोगितामा उनले ५ सय विकेट लिएका हुन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

एजेन्सी– फास्ट बलर स्टुअर्ट ब्रोड टेस्ट क्रिकेटमा ५ सय विकेट लिने इंग्ल्यान्डका दोस्रो खेलाडी बनेका छन्। इमिरेट्स ओल्ड ट्राफोर्ड रंगशालामा भइरहेको तीन शृंखलाको टेस्ट प्रतियोगितामा उनले ५ सय विकेट पूरा गरेका हुन्।

जुलाई ८ बाट सुरु भएको तीन शृंखलाको टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध आज (मंगलबार) अन्तिम दिवसको खेल खेलिरहेको छ। सोही प्रतियोगितामा ३४ वर्षे फास्ट बलर ब्रोडले वेस्ट इन्डिजका क्राइग ब्रेथवेटलाई मैदानबाहिर पठाउँदै पाँच सय विकेट गिराएका छन्।

विश्वको इतिहासमा ६ खेलाडीले मात्र यो आँकडा पूरा गरेका छन्। पाँच सय विकेट लिनेमा मुथिहा मुरलिधरन (श्रीलंका), अनिल कुम्बले (इन्डिया), शेन वार्न (अष्ट्रेलिया), ग्लेन म्याक्ग्रेथ (अष्ट्रेलिया), कोर्टने वाल्स (वेस्ट इन्डिज) र जेम्स एन्डसरसन (इंग्ल्यान्ड) थिए। जसमा ब्रोडले आफ्नो नाम थपेका छन्।

जसमा इंग्ल्यान्डबाट सबैभन्दा पहिला पाँच सय विकेट लिने खेलाडी जेम्स एन्डरसन हुन्। उनले अहिलेसम्म ५८९ विकेट लिएका छन्।

संयोग त यस्तो छ कि इंग्ल्यान्डका खेलाडी एन्डरसनले पनि सन् २०१७ मा पाँच सय विकेट गिराउँदा वेस्ट इन्डिजका खेलाडी ब्रेथवेटलाई नै आउट गराएका थिए। आज ब्रोडले पनि सोही रेकर्ड कायम गरेपछि एन्डरसनले भने, ‘स्टुअर्टले लिएको सबै विकेटको पूरा जस उनलाई नै जान्छ, उनले खेलमा धेरै फोकस लगाउने गर्छन्। उनले मलाई पनि प्रेरणा प्रदान गरेका छन्।’

ब्रोडलाई सन् २००७ मा पहिलो टेस्ट क्याप प्रदान गरेका इंग्ल्यान्डका पूर्वकप्तान माइकेल भाउघनले भने, ‘इंग्ल्यान्ड क्रिकेटका लागि मात्र होइन खेलका लागि पनि ब्रोड महान छन्। उनले पाँच सय विकेट लिएका छन्। सायद ६ सय पनि पुर्याउलान्।’

जारी टेस्टमा ब्रोडले १५ विकेट लिइसकेका छन्। इंग्ल्यान्डमा अहिले आयोजक र वेस्ट इन्डिजको टेस्ट क्रिकेट चलिरहेको छ। प्रतियोगिता अन्तर्गतको अन्तिम खेल जुलाई २४ बाट सुरु भएर आज सकिँदै छ। दोस्रो इनिङमा अहिलेसम्म पाहुना टिमले ५ विकेट गुमाइसकेको छ। उसले अन्तिम इनिङमा ३९९ रनको लक्ष्य पाएको थियो।

प्रकाशित: Jul 28, 2020| 18:17 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।