बिहीबार, चैत ५, २०८२

एम्बाप्पेलाई तीन हप्ता खेल गुमाउने गरी लाग्यो चोट

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड वा प्रिमियर क्लबमा खेल्न इच्छा देखाएका फरवार्ड केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का महत्वूपर्ण खेलाडी हुन्। तर उनी केही समय मैदान बाहिर रहने छन्। अर्थात् केही खेल गुमाउने छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड वा प्रिमियर क्लबमा खेल्न इच्छा देखाएका फरवार्ड केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का महत्वूपर्ण खेलाडी हुन्। तर उनी केही समय मैदान बाहिर रहने छन्। अर्थात् केही खेल गुमाउने छन्।

National life

फ्रेन्च कपको फाइनल खेलमा चोटग्रस्त बनेपछि खेलेका एम्बाप्पे ३३ औं मिनेटमा बाहिरिनु पर्यो। ‘की प्लेयर’ नै बाहिरिएपछि सो खेलमा सेन्ट–इटियनविरुद्ध पीएसजीले संघर्षपूर्ण जित निकाल्यो १–० गोल अन्तरको। १४ औं मिनेटमा फरवार्ड नेयमारले गोल गरेपछि अन्य गोल नै सम्भव भएन।

उनै २१ वर्षे खेलाडी एम्बाप्पेले अबको च्यम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल्न नपाउने भएका छन्। चोटका कारण एटलान्टाविरुद्ध १२ अगस्टमा कोसोभोमा तय भएको खेल उनले गुमाउने छन्। उनलाई डाक्टरले तीन हप्तानको अनिवार्य रेस्ट हुनुपर्ने बताएपछि उनले क्वार्टरफाइनलका खेल गुमाउने भएका हुन्।

तर अगस्ट २८ को सेमीफाइनलका खेलमा भने ठिक भइसकेका हुनेछन्। पीएसजीले एटलान्टालाई हराएर सेमीफाइनलको यात्रा तय गरेमा एम्बाप्पे त्यो खेलमा फर्कन सक्नेछन्।

‘उनको (एम्बाप्पेको) बाहिरी लिगामेन्टमा हानी भएको छ र एंकलमा चोट लागेको स्क्यान गर्दा देखिएको छ,’ क्यबले भनेको छ, ‘उनी तीन हप्ताको रेस्टमा रहनेछन्।’

Laxmi sunrise bank
kumari

फ्रान्स कपको फाइनल खेलमा उनी दुःखी अनुहारमा बाहिरिएका थिए। उनलाई सेन्ट–इटिएनका डिफेन्डर लोइक पेरिनले फाउल गरेपछि मैदानमा लडेका थिए भने त्यसैकारण चोटग्रस्त बनेका थिए।

प्रकाशित: Jul 28, 2020| 13:17 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।