बिहीबार, चैत ५, २०८२

फुटबल पर्खेर बसेको दशरथ रंगशाला (फोटोफिचर)

लकडाउन खुलेको छ। बजार खुलेको छ। मानिसको आवतजावत खुलेको छ। तर खेलकुद पूर्ण रुपमा खुलेको छैन। सरकारले भदौ १ गतेबाट फुटबललाई प्रशिक्षणको अनुमतिसम्म दिएको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

बढेको घाँस काटेपछि दशरथ रंगशाला चिटिक्क देखिएको छ। मैदानको सबै घाँस ‘लन स्ट्राइपिङ’ डिजाइनमा काटिएको छ। गत मंगलबार सरकारले खेलकुदको प्रशिक्षण सुरु गर्ने भएपछि सायद रंगशालाको छाँटिएको घाँस पनि मुस्कुराइरहेको होला।

National life

नेपालसँग चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनको खेलका लागि तयार भएर बसेको मैदान कोरोना भाइरसका कारण खेल रोकिँदा शून्य बनेको लामो समय भइसकेको छ। र, लामो समयसम्म दर्शकले रंगशालामा खेल हेर्न पाएका छैनन्।

फागुन ३ गतेको ए डिभिजनको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई हराएपछि रंगशालामा खेल भएका छैनन्। गएको अन्तिम खेलमा हेविवेट मछिन्द्र क्लबले आर्मीलाई एक गोलले पछि पार्दै उपाधि कब्जा गरेको थियो। त्यो दिन फुटबल हेर्नका लागि रंगशालामा ठूलो भीड जम्मा पनि भयो। धेरै समयपछि रंगशालामा रौनक छाएको थियो– लिग फुटबललाई लिएर।

साग गराउनका लागि हतारहतार निर्माण गरिएको रंगशालामा ए डिभिजन लिगका धेरै खेल भए। तर लिगका अन्तिम चरणका अधिकांश खेल भने सातदोवाटोस्थित एन्फाको मैदानमा सारिए। त्यसबेला पनि केही समय रंगशालामा खेल भएनन्।

अन्तिममा एक खेल गराएर ए डिभिजन लिगविजेता दिलाएको मैदान अहिले फुटबल कहिले हुने हो भनेर कुरेर बसिरहेको छ।

Laxmi sunrise bank
kumari

ए डिभिजनको अन्तिम चरणका खेल एन्फामा सार्नुको कारण थियो– अन्तर्राष्ट्रिय खेलका लागि घाँसको जोहो गर्नु। अहिले घाँसको जोहो भयो, पानी पर्यो, हरियाली छायो। तर लामो समयसम्म खेल भएन लकडाउनका कारण।

अब लकडाउन खुलेको छ। बजार खुलेको छ। मानिसको आवतजावत खुलेको छ। तर खेलकुद पूर्ण रुपमा खुलेको छैन। सरकारले भदौ १ गतेबाट फुटबललाई प्रशिक्षणको अनुमतिसम्म दिएको छ।

उतिबेला पनि भूकम्पले लामो समयसम्म थलिएको रंगशालाले धेरै समयसम्म खेल खेलाउन पाएन। यसै पालाबाट रंगशालामा फर्किएको फुटबलका लागि रंगशालाले फेरि एकपटक दर्शक र खेलाडीको प्रतीक्षा गरिरहेको छ।

कोरोनाका कारण बी डिभिजन लिगका साथै, सी डिभिजन र महिला लिग स्थगित हुँदा पनि रंगशालाको काम रोकिएको थिएन। कर्मचारीले मेहनत गरेर मैदान तयार पारे।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफा र एसियाली फुटबल महासंघले नेपालमा आगामी असोजमा विश्वकप र एसिया कपको संयुक्त क्वालिफायर खेल गराउँदै छन्। सायद सो खेल दशरथ रंगशालामा हुने पहिलो खेल हुनेछ।

नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग दोस्रो चरणको १–१ खेल खेल्न बाँकी छ। असोज २२ गते चाइनिज ताइपेसँग, असोज २७ मा अस्ट्रेलिया र कात्तिक २७ मा जोर्डनसँग खेल्दैछ।

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Jul 28, 2020| 08:25 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।