बिहीबार, चैत ५, २०८२

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच अन्तिम दिनको खेल हुँदै

एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगिता आज सकिँदै छ। महामारीका कारण तीन महिनाभन्दा धेरै समय रोकिएको टेस्ट क्रिकेट गत ८ जुलाईबाट इंग्ल्यान्डमा सुरु भएको थियो।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

एजेन्सी– कोरोना महामारीपछि मैदान फर्किएको पहिलो टेस्ट क्रिकेट प्रतियोगिता आज सकिँदै छ। महामारीका कारण तीन महिनाभन्दा धेरै समय रोकिएको टेस्ट क्रिकेट गत ८ जुलाईबाट इंग्ल्यान्डमा सुरु भएको थियो।

National life

पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटका जित निकालेको थियो भने दोस्रो खेलमा इंग्ल्यान्ड वेस्ट इन्डिजमाथि भारी परेको थियो। त्यसैले तीन शृंखलाको टेस्टमा दुवै टोलीले एक–एक जित निकालेका छन् भने आज त्यो शृंखलातको विजेता घोषित हुने छ। आजको खेलाबाट जुन टिमले जित निकाल्छ, ऊ शृंखलाको विजेता बन्ने छ।

२४ जुलाईबाट सुरु भएको पाँच दिवसीय खेलको अन्तिम इनिङका लागि वेस्ट इन्डिजले ३९९ रनको लक्ष्य पाएको छ। तीन वटै सिरीजमा फिल्डिङबाट खेल सुरु गरेको वेस्ट इन्डिजले तेस्रो खेलमा पनि टस जितेर इंग्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो।

इंग्ल्यान्डले ओले पोपेको सर्वाधिक ९१ रनको सहयोगबाट १११.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३६९ रन बनायो। इंग्ल्यान्डको पहिलो इनिङमा वेस्ट इन्डिजको केमर रोचले सर्वाधिक ४ विकेट लिए।

त्यस्तै वेस्ट इन्डिजको पहिलो इनिङमा कप्तान जेसन होल्डरले सर्वाधिक ४६ रनको योगदान दिए। जम्मा ६५ ओभर टिकेको वेस्ट इन्डिज १९७ रनमै समेटियो। जहाँ इंग्ल्यान्डका स्टुअर्ट ब्रोर्डले सर्वाधिक ६ विकेट लिए।

Laxmi sunrise bank
kumari

यता इंग्ल्यान्डको दोस्रो इनिङ पनि सानदार रह्यो। मौसमले प्रभाविक बनेको खेलमा यसले ५८ ओभरमै २२६ रन बनाएको थियो। जहाँ रोरी बर्न, डोम सिब्ले र कप्तान जोय रुटले अर्धसतकिय इनिङ खेले। मौसमले प्रभावित बनेपछि अन्य खेलाडीले खेल्न पाएनन्।

त्यस्तै हिजो (सोमबार)बाट ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले २ विकेटको क्षतिमा १० रन जोडेको छ। ३९९ रनको लक्ष्य पाएको वेस्ट इंन्डिजले कमजोर सुरुवात गरेको छ।

प्रकाशित: Jul 28, 2020| 07:32 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।