सोमबार, असार २९, २०८३

राखेप सदस्य सचिवमा फेरि सिलवालकै नियुक्ति

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

गत सालको असार १३ गते चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएसँगै पदमुक्त भएको सिलवाल पुनः सोही पदमा नियुक्त भएका हुन्।

आज(सोमबार) प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले उनलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो। युवा तथा खेलकुद मन्त्रालयले गत असार २६ गते सदस्य सचिवका लागि एक हप्ताभित्र दरखास्त दिन आह्वान गरेको थियो।

त्यो आह्वानमा ढिलो गरि(असार ३२ गते) सिलवालले आवेदन दिएका थिए। उनीसँगै २७ जनाको आवदेन परेको सो पदका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

तीन जनामा सिलवालसहित भलिवलकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबल संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगर थिए।

मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा खेलकुद विज्ञ इन्दिरा निरौला र रिम रानाभाटको तीन सदस्य छनौट समिति गठन गरेको थियो। सोही समितिले सिलवाल, श्रेष्ठ र थापा मगरको नाम सिफासिर गरको थियो।

मन्त्रालयले आह्वान गरेसँगै उनले आवेदन दिन्छन वा दिँदैनन भनेर धेरै खेलकुदका जानकारहरुले चासो समेत व्यक्त गरेका थिए। १३ औं दक्षिण एसियाली खेलकुद सफलतापूर्वक सञ्चालनक गरेका सिलवालले आवेदन दिँदै नै उनलाई हेविवेटका रुपमा लिइएको थियो।

सिफरिस समितिले पनि सिलवालको नाम सिफारिस गरेपछि भने उनलाई सम्भावित सदस्यका रुपमा हेरिएको थियो।

प्रकाशित: Jul 27, 2020| 20:29 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।