सोमबार, असार २९, २०८३

यो जित क्लबका फ्यानलाई समर्पण गर्न चाहन्छु : रोनाल्डो

इटालीको शीर्ष डिभिजन फुटबल लिग ‘सिरी ए’ मा लगातर दोस्रोपटक जित निकालेपछि फुटबल फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लबको जित समर्थकलाई समर्पित गरेको बताएका छन्।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

एजेन्सी– इटालीको शीर्ष डिभिजन फुटबल लिग ‘सिरी ए’ मा लगातर दोस्रोपटक जित निकालेपछि फुटबल फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लबको जित समर्थकलाई समर्पित गरेको बताएका छन्।

गएरातिको खेलमा जितपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले जित समर्थकमा समर्पण गरेको बताए।

सिरी ए मा अघिल्लो सिजन पहिलोपटक विजेता बनेका पोर्चुगिज खेलाडी रोनाल्डोले सो उपाधि गर्लफ्रेन्ड जर्जियाना रोड्रिगेजलाई समर्पण गरेका थिए। साथै उनले उत्सव मनाउन आमा मारिया डोलोरेस, छोरा क्रिस्टियानो जुनियर र प्रेमिका रोड्रिगेजलाई पिचमै लगेका थिए।

आइतबार रातिको खेलपछि उनले इन्स्टाग्राममा लेखेका छन, ‘सानदार क्लबबाट लगातार दोस्रो च्याम्पियन बन्न र इतिहास राख्न पाउँदा खुसी लागको छ।’

युभेन्टसले इटालियन सिरी ए लगातार नौ पटक जितेको छ। उसले शीर्ष डिभिजनमा ३५ औँ पटक उपाधि जित्दा रोनाल्डोले दोस्रोपटक उपाधि उचाले। क्लबको ३५ औँ उपाधि र लगातार नवौँ उपाधि युरोपका शीर्ष पाँच फुटबल लिगमा कीर्तिमानी उपाधिसमेत हो।

‘यो उपाधि सबै युभेन्टसका समर्थकलाई समर्पित गर्न चहान्छु। विशेष रुपमा उनीहरुका लागि जो कोरोनाको महामारीले प्रभावित बनेका छन्,’ रोनाल्डोले लेखेका छन्, ‘यो सबै सजिलो थिएन। तपाईँको दृष्टिकोण, साहस र दृढ संकल्पले नै यहाँसम्मको यात्राका लागि प्रेरणा मिलेको हो।’

त्यस्तै गत वर्ष मात्रै युभेन्टसमा अनुबन्ध भएका प्रशिक्षक माओरिजो सारी क्लबका खेलाडीसँग खुसी बाँड्दै आफूले अहिलेसम्म लिग जिताउन नसकेको र अहिले युभेन्टसले जित्नुको कारण आफू नभई खेलाडीहरु बलिया रहेको बताए।

प्रशिक्षक सारीले यसअघि चेल्सीबाट एकमात्र उपाधि जितेका थिए। साथै उनी सिरी ए जित्ने सबैभन्दा पाको उमेरका प्रशिक्षक पनि हुन्। उनले ६१ वर्षको उमेरमा युभेन्टसलाई लिग जिताए। यसअघि रोमाका प्रशिक्षक निल लिइद्होमले सन् १९८३ मा ६० वर्षको उमेरमा लिग जिताएका थिए।

प्रकाशित: Jul 27, 2020| 17:05 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।