सोमबार, असार २९, २०८३

ओलम्पियन दीपक विष्टसहित तेक्वान्दो संघबाट १२ जनाको विदाइ

काठमाडौं– आज (सोमबार) नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कार्यरत १२ पदाधिकारीलाई विदाइ गरेको छ।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

काठमाडौं– आज (सोमबार) नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कार्यरत १२ पदाधिकारीलाई विदाइ गरेको छ।

संघले सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै केन्द्रीय कार्यसमितिको विभिन्न १२ पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाइ गरेको हो।

विदाइ भएका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी हुन्। गत असार १८ गतेबाट लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राखेपका पदाधिकारी खेल संघका कुनै पदमा बस्न नपाउने प्रावधानका कारण उनीहरुले केही दिनअघि राजीनामा बुझाएका थिए। सो राजीनामा स्वीकृत गरी संघबाट विदाइ गरिएको हो।

कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष प्रकाश शमशेर राणा र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्गले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्याएको भूमिका र योगदानका लागी धन्यवाद दिएका छन्।

महासचिव गुरुङ्गले भने, ‘तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाइ गर्नुपर्दा मलाई दुःख लागेको छ। सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्नेछ र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागि सहयोग पुर्याउन आग्रह गर्दछु।’

कार्यक्रममा संघका अध्यक्ष प्रकाश राणाले भने, ‘सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दछु। साथै सबैलाई धन्यवाद व्यक्त गर्छु।’

कार्यक्रममा सचिव नविनकुमार श्रेष्ठ, सचिव एवम् प्रवक्ता दिपक विष्ट, सहकोषाध्यक्ष सुमनकुमार घले र सदस्यहरु टिका प्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिरा बहादुर थापा र मिन न्यौपानेलाई विदाइ गरिएको थियो।

प्रकाशित: Jul 27, 2020| 15:54 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।