सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाका अध्यक्ष भन्छन्– मेस्सीले सम्झौता बढाउनेमा शंका छैन

बार्सिलोनाका अध्यक्ष भन्छन्– मेस्सीले सम्झौता बढाउनेमा शंका छैन

एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्तोमाउले अर्जेन्टिनी फरवार्ड मेस्सीले सम्झौता बढाउनेमा शंका नरहेको बताएका छन्।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्तोमाउले अर्जेन्टिनी फरवार्ड मेस्सीले सम्झौता बढाउनेमा शंका नरहेको बताएका छन्।

बार्सिलोनामा खेलाडी र प्रशिक्षकबीच मन नमिलेका कारण मेस्सीले क्लब छोड्नसक्ने संकेत बाहिरिएपछि बर्तोमाउले त्यस्तो शंका नरहेको बताएका हुन्।

बार्सिलोनामा २०२१ सम्म अनुबन्धनमा रहेका मेस्सीले त्यसपछि क्लब छोड्ने धेरैले अनुमान गरिरहेका छन्। स्पेनिस रेडियो क्याडेनाका अनुसार केही समयअघि कप्तान मेस्सीले लगातार अफवाह र आरोपका कारण क्लबसँगै अनुबन्धनको वार्ता तोडेका थिए।

अहिले यही कुराले क्याम्प नाउ वरिपरि अशान्ति फैलिरहेको छ। फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई जोडेर पनि मेस्सीको आलोचना भएको छ। यस्तै कुराले मेस्सी क्लबमा सन्तुष्ट छैनन्।

२०१९–२० को सिजन बार्सिलोनाका लागि बिर्सनलायक रह्यो। ऊ यो वर्ष उपाधिविहीन रहने पो हो भन्ने शंका पनि कायमै छ। लयमा रहेको बार्सिलोनाले लकडाउनपछिका खेलमा लय गुमाउँदा ला लिगाको उपाधि रियल मड्रिडलाई सुम्पन पुग्यो। तथापि च्याम्पियन्स लिग बाँकी छ। तर उपाधिको आशा धेरै कम छ।

उसले आउँदो १६ जुलाईमा इटालियन क्लब नापोलीसँग अन्तिम १६को दोस्रो लेगको खेल खेल्दै छ। अघिल्लो लेगमा १–१ गोलको बराबरीमा खेल सकिएको थियो।

नेपोलीसँगको खेललाई ला लिगामा २५ गोल गरेर गोल्डेन बुट जितेका मेस्सीले ‘क्लबमा परिवर्तन आवश्यक’ रहेको र नभए बार्सिलोनाले च्याम्पियन्स लिगमा नापोलीसँग पनि हार्न सक्ने बताएका थिए।

‘तर मसँग मेस्सीले धेरैपटक यही क्लबबाट संन्यास लिन चाहेको बताएका छन्,’ बर्तोमाउले स्पेनिस पत्रिका मुन्द्रो डिपोर्टिभोसँग भने, ‘त्यसैले उनले बार्सिलोना नछोड्नेमा म विश्वस्त छु।’

प्रकाशित: Jul 27, 2020| 15:27 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।