सोमबार, असार २९, २०८३

युभेन्टसले ३५ औं पटक जित्यो सिरी एको उपाधि

आइताबार रातिको खेलमा युभेन्टसले घरेलु मैदानमा सम्प्दोरियालाई हराउँदै ३५ औं उपाधि जित्दा लगातार नौ पटकको विजेता बनेको हो।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

एजेन्सी- इटालियन सिरी एको उपाधि युभेन्टसले लगातार नवौँ पटक जितेको छ।

आइताबार रातिको खेलमा उसले घरेलु मैदानमा सम्प्दोरियालाई हराउँदै ३५ औं उपाधि जित्दा लगातार नौ पटकको विजेता बनेको हो।

युभेन्टसले २०१२ यता लगातार उपाधि जितिरहेको छ। युरोपको शीर्ष पाँच लिगमध्ये युभेन्टसमात्र एक यस्तो टिम हो जसले लगातार नवौँ पटक उपाधि जितेको छ।

लिगमा युभेन्टसले २ खेल बाँकी रहँदै उपाधि जितेको हो। लिग विजेताले ३६ खेलमा २६ जित र ५ बराबरी खेल्दै ८३ अंक बनाएको छ। यो जारी सिजनको सर्वाधिक अंक हो।

दोस्रो स्थानको इन्टर मिलनको दुई खेल बाँकी रहँदा ७६ अंक छ । उसले अब दुवै खेल जितेमा पनि ८३ अंक नपुग्ने भएपछि युभेन्टसले उपाधि जितेको हो।

आइतबार रातिको खेलमा जितका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने फेडेरिको बेर्नार्डेस्चीले एक गोल गरे। रोनाल्डोले पहिलो हाफको अतरिक्त समयमा गोल गर्दा बेर्नार्डेस्चीले ६७ औं मिनेटमा गोल गरे। पराजित साम्प्दोरिया भने ४१ अंकका साथ १५ औं स्थानमा छ।

फरवार्डे रोनाल्डोले युभेन्टसको लगातार नवौं उपाधि क्लबका समर्थकलाई समर्पित गर्न चाहेको बताएका छन्।

उनले जारी सिजनमा ३१ गोल गरेका छन्। तर ३४ गोलको माइलस्टोनको बाटो छोटो बनाउने अवसर भने गुमाएका छन्। अन्तिम मिनेटमा पेनाल्टीमा पाएको अवसको रोनाल्डोले सदुपयोग गर्न सकेनन्।

‘सिरी ए बाट दोस्रो उपाधि जित्न पाउँदा एकदमै खुसी छु। महान क्लब नयाँ इतिहास रच्ने बाटोमा सँधै रहिरहने छ,’ रोनाल्डोले खेलपछि इन्स्टाग्राममा लेखेका छन्, ‘म यो उपाधिको श्रेय युभेन्टसका समर्थकलाई सुम्पन चाहान्छु।’

उनी अन्तिममा लेखेका छन्, ‘अ बिग हग टू अल।’

 

प्रकाशित: Jul 27, 2020| 08:23 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।