सोमबार, असार २९, २०८३

सकियो ईपीएल : शीर्ष ४ र रेलिगेसनमा कोको परे ?

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीइल)मा आइतबार राति १० खेल सम्पन्न भएसँगै २०१९–२० को सिजन सकिएको छ। गएराति अन्तिम (३८ औं) चरणका सम्पूर्ण खेलहरु भए।
 |  सोमबार, साउन १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीइल)मा आइतबार राति १० खेल सम्पन्न भएसँगै २०१९–२० को सिजन सकिएको छ। गएराति अन्तिम (३८ औं) चरणका सम्पूर्ण खेलहरु भए।

सिजन सकिएसँगै ईपीएलबाट आगामी सिजन च्याम्पियन्स लिग, युरोपा लिगमा सहभागी हुने टोलीका साथै रेलिगेसनको समेत टुंगो लागेको छ।

घरेलु लिग अंकतालिकाको शीर्ष चारमा पर्न सफल रहँदै लिभरपुल, म्यनचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी अर्को वर्षको च्याम्पियन्स लिगमा पर्न सफल बनेका छन्।

त्यस्तै लेस्टर सिटी युरोपा लिगमा जाने भएको छ भने छैटौं स्थानको टोटेनमले युरोपा लिगको क्वालिफिकेसनमा स्थान बनाएको छ।

ईपीएलबाट तीन टिम रेलिगेसनमा पर्छन्। जसमा बर्नमाउथ, वाटफोर्ड र नर्विच सिटी रहेका छन्। गतसाल मात्र ईपीएलमा प्रोमोसन भएको एस्टोन भिल्ला भने रलिगेसनबाट एक अंकले जोगिएको छ। बर्नमाउथ ३४ अंकका साथ १८ औं स्थानमा रहँदा स्टोन भिल्ला ३५ अंक बनाएर १७ औं स्थानमा रहँदै रेलिगेसनबाट जोगियो।

सबैभन्दा धेरै क्लिन सिट गरेका गोलकिपर एडरसन मोरेसले गोल्डेन ग्लोब्स (सुनको पञ्जा) पाएका छन्। त्यस्तै केभिन डि ब्रुनले थेरी हेनरीको २० एसिस्टको रेकर्डसँग बारबरी गरेका छन्। उनले अधिकतम पास ग्याब्रियल जेसस, रहिम स्टासर्लिङ र लियाद महरेजलाई उपलब्ध गराएका थिए।

लिगमा ज्यामी भडीले २३ गोल गर्दै ईपीएजमा गोल्डेन बुट जितेका छन्। उनले २१ गोल गरेका ड्यानी इन्ग्सलाई एक गोलले पछि पार्दै बुट जितेका हुन्।

यस्तो छ अंक तालिका

प्रकाशित: Jul 27, 2020| 06:53 सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।