सोमबार, असार २९, २०८३

ईपीएलमा अन्तिम चरणका खेल हुँदै, शीर्ष ४ मा को–को अटाउलान् ?

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज राति अन्तिम अर्थात् ३८ औं चरणका सम्पूर्ण खेल हुँदैछन्। सबै खेल नेपाली समय अनुसार रातको ८ः४५ बाट सुरु हुनेछन्।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज राति अन्तिम अर्थात् ३८ औं चरणका सम्पूर्ण खेल हुँदैछन्। सबै खेल नेपाली समय अनुसार रातको ८ः४५ बाट सुरु हुनेछन्।

लिगमा विजेता र उपविजेताको भने टुंगो लागिसकेको छ। ७ खेल अगावै लिभरपुल च्याम्पियन भइसकेको छ भने डिफेन्डिङ च्याम्पियन सिटी उपविजेता बनिसकेको छ। अंकतालिकामा लिभरपुल ९६ अंकका साथ शीर्षस्थानमा छ भने ७८ अंकका साथ सिटी दोस्रो स्थानमा।

त्यसैले शीर्ष चारका बाँकी २ स्थान (तेस्रो र चौथो)का लागि आज राति तीन क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानका म्यानचेस्टर युनाइटेड, चेल्सी र लेस्टर सिटी छन्।

युनाइटेड ६३ अंकका साथ तेस्रो स्थानमा छ भने समान अंक बनाएको चेल्सी चौथो स्थानमा छ। त्यस्तै एक अंक कम रहेको लेस्टर सिटी पाँचौ स्थानमा।

आज रातिको खेलमा लेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा जुन क्लबले जित निकाल्छ, ऊ शीर्ष चारमा प्रवेश गर्छ। हारेको खण्डमा चेल्सीको खेलका आधारणमा शीर्ष चारमा पर्ने–नपर्ने निर्णय हुनेछ।

यसबाहेक अन्य क्लब शीर्ष चारको होडमा छैनन्। छैटौं स्थानको वुल्भ्सले जित निकालेको खण्डमा पनि ऊ शीर्ष चारमा पर्ने छैन। बरु उसलाई शीर्ष ६ मा रहन टोटेनहमको दबाब छ। वुल्भ्सको ५९ अंक हुँदा टोटेनहमको ५८ अंक छ। त्यसैले शीर्ष ६ का लागि टोटेनहम र वुल्भ्सको दावेदारी रहने छ। आज रातिको खेलमा वुल्भ्सले चेल्सीसँग खेल्ने छ भने टोटेनहमले क्रिस्टल प्यालेससँग।

अंकतालिकाको पाँचौ र छैटौं स्थानमा रहेका टोलीले अर्को सिजनको युरोपा लिग खेल्न पाउने छ।

गत साल सिटी र लिभरपुलसँगै चेल्सी र टोटेनहम च्याम्पियन्स लिगमा पुगेका थिए। जसमा सिटी र चेल्सीबाहेक अरु दुवै क्लब बाहिरिसकेका छन्।

त्यस्तै, ईपीएलबाट तीन टिम रेलिगेसनमा पर्छन्। पुछारको नर्विच सिटी भने रेलिगेसनबाट दोस्रो डिभिजनको च्याम्पियनसिपमा झरिसकेको छ। पुछारबाट दोस्रो, तेस्रो र चौथो स्थानका वर्नमाउथ, वाटफोर्ड र एस्टोन भिल्लाले रेलिगेसनबाट बँच्नका लागि प्रतिस्पर्धा गर्ने छ।

बर्नमाउथ ३१ अंकका साथ १९ औं स्थानमा छ भने समान ३४ अंकका वाटफोर्ड र एस्टोन भिल्ला १८ औं र सत्रौं स्थानमा छन्।

यस्तो छ आजको खेला तालिकाः

चेल्सी र वुल्भ्स
लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड
साउथह्याम्टर र सेफिल्ड युनाइटेड
न्युकासल र लिभरपुल
वेस्टहाम र एस्टोन भिल्ला
बर्नली र ब्राइटोन
आर्सनल र वाटफोर्ड
म्यानचेस्टर सिटी र नविर्च सिटी
क्रिस्टल प्यालेस र टोटेनहम
एभर्टन र बर्नमाउथ

प्रकाशित: Jul 26, 2020| 13:31 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।