बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जितसँगै इन्टरमिलान दोस्रो स्थानमा, नापोली शीर्ष ६ का लागि संघर्षरत

जितसँगै इन्टरमिलान दोस्रो स्थानमा, नापोली शीर्ष ६ का लागि संघर्षरत

एजेन्सी– इन्टर मिलान सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा जिनोआलाई हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जिनोआको लुगी फेरास मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले पछि पार्दै इन्टर तेस्रो स्थानमा उक्लिएको हो।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

एजेन्सी– इन्टर मिलान सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा जिनोआलाई हराउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जिनोआको लुगी फेरास मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई ३–० गोलले पछि पार्दै इन्टर तेस्रो स्थानमा उक्लिएको हो।

National life

जितका लागि रामेलु लुकाकुले दुई गोल गरे भने एलेक्स सान्चेले एक गोल गरे। खेलको ३४ औं मिनेटमा गोल गर्दै लुकाकुले पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। सो गोलसँगै पहिलो हाफमा इन्टर एक गोलले अघि रह्यो।

दोस्रो हाफमा उसले दुई गोल थप्यो। ८३ औं मिनेटमा सान्चेजले अग्रता दोब्बर बनाउँदा अतिरिक्त समयमा गोल गरेर लुकाकूले अग्रतालाई ३–०मा पुर्याए। सोही नतिजाका साथ इन्टरले खेल जित्यो।

जितसहित ३६ खेलमा ७६ अंक बनाएको इन्टर दोस्रो स्थानमा छ भने समान खेलमा ७५ अंक बटुलेको एटलान्टा तेस्रो स्थानमा। ३५ खेलमा ७२ अंक बनाएका लाजियो चौथो स्थानमा रहँदा ७२ अंकका साथ युभेन्टस शीर्षस्थानमा छ।

यता पराजित जिनोआ ३६ अंकका साथ १७ औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

नापोलीको जित

शनिबार राति नै सम्पन्न अर्को खेलमा ससौलोविरुद्ध नापोलीले २–० गोल अन्तरको सहज जित निकोलको छ। नापोलीको स्टेडियो सन पाउलो मैदानमा भएको खेलमा जितका लागि एल्सद हाइसज र एलनले गोल गरे।

हाइसजले आठौं मिनेटमा गोल गरे भने एलनले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। जितसँगै नापोली ३६ खेलमा ५९ अंक जोड्दै सातौ स्थानमा छ। उतिनै खेलमा ६० अंक बनाएको रोमा छैटौं स्थानमा छ। यता पराजित ससौलो ४८ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Jul 26, 2020| 08:17 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।