सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मिलान र एटलान्टाको बारबारी, युभेन्टसलाई लिगविजेता बन्न १ अंक काफी

मिलान र एटलान्टाको बारबारी, युभेन्टसलाई लिगविजेता बन्न १ अंक काफी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको एटलान्टा एसी मिलानसँग बराबरीमा रोकिएको छ। मिलानको गिउसेप्पे मेजा रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको एटलान्टा एसी मिलानसँग बराबरीमा रोकिएको छ। मिलानको गिउसेप्पे मेजा रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।

खेलको १४ औं मिनेटमा मिलानमा हाकन कलहानोग्लूले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। तर, ३४ औं मिनेटमा एटलान्टाका डुवान जपाटाले गोल गरेपछि खेल बराबरीमा आयो।

खेलको २४ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयपोग गर्न नसकेपछि एटलान्टाले सुरुमै बराबरी गर्न अवसर गुमाएको थियो। त्यसले ३४ औं मिनेटको गोलसँगै पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा कुनै गोल भएन। र, १÷१ गोल स्कोरमा नै खेल सकियो।

बराबरीका साथ एटलान्टा ७५ अंक बनाएर अंकतालिकाको दोस्रो स्थानमा छ। उसलाई ७३ र ७२ अंक रहेका इन्टर मिलान र लाजियाले क्रमशः तेस्रो र चौथो स्थानमा रहेर पछ्याइरहेका छन्। यता एसी मिलान भने ६० अंकका साथ छैटौं स्थानमा छ।

लिगको शीर्ष स्थानमा रहेको युभेन्टसको ८० अंक छ। अब उसलाई उपाधिका लागि मात्र १ अंक आवश्यक छ। बिहीबार रातिको खेलमा उडिनेसँग पराजित भएपछि उसले तीन खेल अगावै लिगविजेता हुने अवसर गुमाएको थियो।

त्यसैले यता एटलान्टानको उपाधि सम्भावना लगभग सकिएको छ। युभेन्टसले आउँदा तीन खेलमध्ये एकमात्र खेलमा जित निकाल्ने सके ऊ नवौँ पटक लिगविजेता बन्ने छ।

प्रकाशित: Jul 25, 2020| 07:58 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।