बिहीबार, चैत ५, २०८२

पीएसजीलाई फ्रेन्च कपको १३ औँ उपाधि

एजेन्सी– फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १३ औं पटक जितेको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

एजेन्सी– फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १३ औं पटक जितेको छ।

National life

स्टेडे दि फ्रान्स रंशालामा सम्पन्न खेलमा पीएसजीले सेन्ट–इटिएनमाथी १–० गोलको संघर्षपूर्ण जित निकाल्दै उपाधि जितेको हो।

पीएसजीका ब्राजिलियन फरवार्ड नेयमार जुनियरले खेलको १४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई उपाधि दिलाए। यता खेलको ३१ औं मिनेटमा एटिएनका लोइक पेरिन रातो कार्ड खाँदै बाहिरिए। उनले एम्बाप्पेमाथी फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए।

यता, फउलसँगै गहिरो चोटले सताएका एम्बाप्पेले पूरा खेल खेल्न पाएनन्। उनी आँशु र बैसाखीसँगै बाहिरिए। एम्बाप्पेले चोटका कारण अबको च्याम्पियन्स लिग खेल्न पाउने हुन् वा होइनन् भन्ने शंका बढेको छ। पीएसजीले आउँदो अगस्टमा एटलान्टाविरुद्ध च्याम्यिन्स लिग अन्तर्गतको क्वार्टरफाइनल खेल खेल्दै छ।

जारी सिजनमा प्रतियोगिता पूरा भएर पीएसजीले जितेको यो पहिलो उपाधिसमेत हो। यसअघि फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग जितेको भए पनि त्यो प्रतियोगिता विचमै रद्द भएर शर्षस्थानको पीएसजीलाई विजेता घोषित गरिएको थियो। लिग वानका साथ भने क्लबले दोस्रो उपाधि जितेको हो।

Laxmi sunrise bank
kumari

फ्रान्समा गत जुलाई ११ बाट दर्शकसहितको फुटबल सुरु भएको थियो। दर्शकसँगै खेलमन्त्रीले पनि हेरेको ११ जुलाईको खेलबाट ५ हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति छ।

प्रकाशित: Jul 25, 2020| 07:19 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।