बिहीबार, चैत ५, २०८२

आईपीएल सेप्टेम्बर १९ बाट ८ नोभेम्बरसम्म गर्न प्रस्ताव

इन्डियन प्रिमियर लिग (आईपीएल) युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने तय भएसँगै आयोजकले प्रतियोगिताको मिति पनि प्रस्ताव गरेको छ। यो सिजनको टी–२० क्रिकेट आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्मका लागि प्रस्ताव गरिएको अध्यक्ष ब्रजेश पटेलले न्युज एजेन्सीलाई बताएका छन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने तय भएसँगै आयोजकले प्रतियोगिताको मिति पनि प्रस्ताव गरेको छ। यो सिजनको टी–२० क्रिकेट आउँदो सेप्टेम्बर १९ बाट नोभेम्बर ८ सम्मका लागि प्रस्ताव गरिएको अध्यक्ष ब्रजेश पटेलले न्युज एजेन्सीलाई बताएका छन्।

National life

तर यूएईले यो मिति स्वीकृत गरिसकेको छैन। उनले भने, ‘यसबारे सबै फ्रेन्चाइजलाई जानकारी दिइसकिएको छ। अघिल्लो हप्ता हुने आईपीएल गभर्निङ काउन्सिलको मिटिङमा यो सेड्युल स्वीकृत हुनेछ।’

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले प्रतियोगिता ५१ वटा खेलेर सम्पन्न हुने बताएको थियो। जसले फ्रेन्चाइज, ब्रोडकास्टर र स्टेकहोल्डरलाई फाइदा हुने बोर्डले बताएको थियो। तर गभर्निङ काउन्सिलले ६० खेल नै हुने बताएको छ।

त्यस्तै प्रतियोगिता २६ सेप्टेम्बरबाट हुने बीसीसीआईले बताउँदै आएको भए पनि अष्ट्रेलिया भ्रमणको कारण देखाउँदै एक हप्ता अघिबाटै सुरु गर्न लागिएको हो। भारत आउँदो डिसेम्बरमा अष्ट्रेलिया भ्रमणको तयारीमा छ।

प्रतियोगिता हुने निश्चित भए पनि दर्शकले खेल हेर्न पाउने वा नपाउने टुंगो लागिसकेको छैन। अध्यक्ष पटेल भन्छन्, ‘गभर्निङ काउन्सिलको मिटिङ छिटै हुनेवाला छ। तर हामीले सेड्युल तय गरिसकेका छौं। जसलाई यूएईले मान्यता दिन बाँकी छ। आशा छ, मञ्जुरी दिनेछ। साथै खेलमा दर्शक उपस्थित हुन पाउने हो वा होइन । त्यसको निर्धारण युएई सरकारले गर्नेछ। यसबारे हामी त्यहाँको सरकारलाई चिठी लेख्नेछौं।’

Laxmi sunrise bank
kumari

साथै आईपीएलले खेल र खेलाडीका लागि छिटै गाइडलाइन जारी गरिने पनि बताएको छ। यता भारतबाट विभिन्न फ्रेन्चाइज टिम २० अगस्टमा यूएई प्रस्थान गर्नेछ।

कोरोना महामारीलाई मध्नजर गर्दै एक महिनाअघि नै टिम त्यहाँ पुग्ने भएको हो। साथै खेलाडीलाई त्यहाँको मौसममा अभ्यस्त गराउन एक महिना पहिले नै त्यसतर्फ प्रस्तान गर्ने भएको हो।

यसबारे थप निर्णय आईपीएलको गभर्निङ काउन्सिलको आघिल्लो हप्ता बस्ने बैठकले गर्नेछ। जसमा यूएईमा लिग सिफ्ट गर्ने, फ्रेन्चाइज र कोरोना गाइडलाइन्सको एजेन्डा छन्।

तर केही कुरा भने पूर्वनिर्धारित नै हुने छन्। प्रतियोगिता पूरा ६० खेलको हुनेछ। हरेक टिमले १४–१४ खेल खेल्नेछ। प्रतियोगिता अवधिभर पाँच दिन मात्र २ खेल हुनेछन्। अरु दिन १–१ खेल हुनेछन्। त्यस्तै खेल युएईको दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबू–धाबीको शेख जयद रंगशाला र शारजाह मैदानमा हुनेछन्।

साथै आईसीसीको एकेडेमी बीसीसीआईले खेलाडीको प्रशिक्षणका लागि माग्न सक्नेछ। प्रतियोगिताका लागि स्टार स्पोर्टस्ले १६,३४७ करोड (२६,०२५ करोड नेपाली रुपैयाँ) भारतीय रुपैयाँ लगानी गर्ने भएको छ।

प्रकाशित: Jul 24, 2020| 14:11 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।