सोमबार, असार २९, २०८३

सुरुवाती अग्रता गुमाउँदा युभेन्टस पराजित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिगलिडर युभेन्टस उडिनेससँग पराजित भएको छ।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिगलिडर युभेन्टस उडिनेससँग पराजित भएको छ।

उडिनेसको डासिया एरिना रंगशालामा सम्पन्न खेलमा युभेन्टसले २–१ गोलअन्तरको हार बेहोरेको हो।

उडिनेसको जितमा एलिज नेस्तोरोभ्स्की र सेको फोफनाले गोल गरे। उनीहरुले दोस्रो हाफको ५२ औं र इन्ज्युरी समयमा गोल गर्दै घरेलु टिमलाई जित दिलाए।

यता खेलको ४२ औं मिनेटमै युभेन्टसको माथिस डि लिग्टले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। सो अग्रतासँगै पहिलो हाफमा युभेन्टस एक गोलले अघि थियो।

तर दोस्रो हाफमा अग्रता कायम राख्न सकेन। र, अन्त्यमा २–१ गोलको हार बेहोर्यो। हारसँगै युभेन्टसको उपाधि यात्रा लामो भएको छ। उसलाई लिगविजेता बन्नको लागि ३ अंक आवश्यक छ।

३५ खेलबाट युभेन्टसले अंकतालिकामा ८० अंक बनाएको छ। समान खेलबाट ७४ अंक जोड्दै एटलान्टा दोस्रो स्थानमा छ भने इन्टर मिलान ७३ अंकका साथ तेस्रो स्थानमा छ। विजेता उडिनेस ३९ अंकका साथ अंकतालिकाको १५ औं स्थानमा छ।

 

प्रकाशित: Jul 24, 2020| 07:28 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।