बिहीबार, चैत ५, २०८२

खेलाडीले लकडाउनमा ल्याए ‘अफसाइड’ नाटक

काठमाडौं– नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीको संयुक्त योजनामा आजबाट ‘अफसाइड’ नामक वेब सिरिज युट्युबबाट ‘लन्च’ भएको छ। कोरोनाको महामारीका कारण खेलाडीहरु घरमै बस्नुपरेका कारण उनीहरुले नाटक बनाएर बजारमा ल्याएका हुन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीको संयुक्त योजनामा आजबाट ‘अफसाइड’ नामक वेब सिरिज युट्युबबाट ‘लन्च’ भएको छ। कोरोनाको महामारीका कारण खेलाडीहरु घरमै बस्नुपरेका कारण उनीहरुले नाटक बनाएर बजारमा ल्याएका हुन्।

National life

यो च्यानल अफसाइड वेब सिरिज नामक युट्युब च्यानलले बजारमा ल्याएको छ। यो नाटक कोरोनाका कारण प्रभावित बनेका खेलाडी र उनीहरको परिवारलाई लक्षित गरेर बनाइएको नेपाल फुटबल एजेन्टका सुगम तण्डुकारले बताए। नाटकमा निर्देशक सुगम तण्डुकारको पनि अभिनय छ।

खेलाडीहरुलाई मनोवैज्ञानिक रुपमा सकारात्मकता दिनको लागि यस सिरियलको काम अघि बढाएको तण्डुकारले नाटकको छायांकन सुरु हुने दिन नेपाल समयसँग कुरा गर्दै बताएका थिए। खेलाडी र फुटबल एजेन्टले असार २१ गते आइतबार कुलेश्वरको गणेश मन्दिरबाट नाटकको छायांकन सुरु गरेका थिए।

नाटकमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेश खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्स्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन्।

नाटकमा उनीहरुलाई मान श्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छिन्। यसमा थप एपिसोडहरु पनि ल्याउने आयोजकको लक्ष्य छ। अयोजकका अनुसार एपिसोड १२ भागको हुनेछ। पहिलो भाग युट्युब र अन्य सामाजिक संजालमा आजबाट प्रशारणमा आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 23, 2020| 18:57 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।