सोमबार, असार २९, २०८३

एनओसीले दियो राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी

नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्।

हिजो(बुधबार) सातदोबाटोस्थित एनओसीको भवनमा सम्पन्न बैठकबाट अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले कमिटीका उपाध्यक्षसमेत रहेका राजवैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

उनलाई सो पदमा नियुक्त गरेसँगै नियुक्तिपत्रसमेत हस्तान्तरण गरिएको छ। नियुक्तिपत्रमा एनओसीको दैनिक काम कारबाही राजवैद्यले गर्ने भन्ने उल्लेख छ।

एनओसीको विधानको धारा ९ को ३७ (१) बमोजिम राजवैद्यलाई कमिटीको प्रसाशनिक काम कारबाहीको जिम्मेवारी दिइएको हो।

सन् १९८५ त्रिभुवन विश्वविद्यालयबाट मास्टर इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) गरेका राजवैद्यले खेलाडीका रुपमा धेरै सफलता हात पारेका थिए।
२०४६ सालमा टेनिस संघको सदस्य निर्वाचित भएका उनी अहिले एनओसीको उपाध्यक्ष छन्। उनले टेनिस संघको अध्यक्ष भएर पनि काम गरिसकेका छन्।

प्रकाशित: Jul 23, 2020| 11:16 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।