सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियनसिपको सिजन सकियो, लिड्स युनाइटेड र वेस्ट ब्रोम ईपीएलमा बढुवा

च्याम्पियनसिपको सिजन सकियो, लिड्स युनाइटेड र वेस्ट ब्रोम ईपीएलमा बढुवा

सिजन सकिएसँगै च्याम्पियनसिप अन्तर्गतका शीर्ष दुई टिम लिड्स युनाइटेड र वेस्ट ब्रोम प्रिमियर लिगमा (ईपीएल) बढुवा भएका छन्। तेस्रोदेखि छैटौं सम्मका ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ सिटी र स्वान्सीले प्रमोसनको लागि प्लेअफ खेल्न पाउने भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

इंग्ल्यान्डको दोस्रो डिभिजन फुटबल लिग च्याम्पियनसिपको सिजन सकिएको छ। हिजो राति ४६ औं चरणका सम्पूर्ण खेल भएसँगै जारी सिजन सकिएको हो।

सिजन सकिएसँगै च्याम्पियनसिप अन्तर्गतका शीर्ष दुई टिम लिड्स युनाइटेड र वेस्ट ब्रोम प्रिमियर लिगमा (ईपीएल) बढुवा भएका छन्। तेस्रोदेखि छैटौं सम्मका ब्रेन्टफोर्ड, फुलहाम, कार्डिफ सिटी र स्वान्सीले प्रमोसनको लागि प्लेअफ खेल्न पाउने भएका छन्।

इंग्लिस फुटबल लिग (ईएफएल)का अनुसार २० टिमले प्रतिस्पर्धा गर्ने शीर्ष डिभिजन ईपीएलबाट तीन वटा टिम रेलिगेसनमा पर्ने प्रावधान छ। त्यस्तै, दोस्रो डिभिजन च्याम्पियनसिपबाट दुई टिम सिधै प्रिमियर लिगमा बढुवा हुने छन्। त्यस्तै, बढुवा हुने तेस्रो टिमको निर्णय भने प्लेअफले गर्नेछ। जसमा च्यम्पियनसिपका चार टिमले दुई लेग फम्र्याटमा सेमिफाइनल खेल खेल्ने छन्।

फाइनल खेलमा विजयी टिमले प्रिमियर लिग खेल्न पाउने छ। प्लेअफको सेमिफाइनल खेल जुलाइमै हुने छ भने फाइनल खेल अगस्त ४ मा वेम्बले रंगशालामा हुनेछ। कोरोना भाइरस (कोभिड १९)का कारण लिग प्रभावित बनेपछि प्लेअफको तालिका पनि बदलिएको हो। यसअघि प्लेअफ मे २५ मा आयोजना गरिएको थियो।

सेमिफाइनल खेलमा स्वान्सी सिटीले ब्रेन्टफोर्डसँग २६ जुलाईमा पहिलो र २९ जुलाईमा दोस्रो लेगको खेल खेल्नेछ भने कार्डिफ सिटीले फुलहामसँग २७ जुलाईमा पहिलो र ३० जुलाईमा दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने छ।

एजेन्सी

प्रकाशित: Jul 23, 2020| 09:57 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।