सोमबार, असार २९, २०८३

मोइन अलीलाई इङ्ल्याण्डको उपकप्तानको जिम्मेवारी

अलराउन्डर एवम् बायाँ हाते ब्याट्स्मेन मोइन अलीलाई इङ्ल्याण्डले एक दिवसीय खेलको उपकप्तानको जिम्मेवारी दिएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

एजेन्सी- अलराउन्डर एवम् बायाँ हाते ब्याट्स्मेन मोइन अलीलाई इङ्ल्याण्डले एक दिवसीय खेलको उपकप्तानको जिम्मेवारी दिएको छ।

आयरल्याण्डविरुद्धको खेलमा अलीलाई इंग्ल्याण्डले उपकप्तनको जिम्मेवारी दिएको हो। खेलमा कप्तानको जिम्मेवारीमा भने इयोन मोर्गेनले गर्नेछन्।

इंग्ल्याण्डले आयरल्याण्डविरुद्ध ३० जुलाईबाट बन्द रंगशालामा प्रतिस्पर्धा गर्नेछ।

न्युजिल्याण्डलाई हराउँदै मोर्गेनकै कप्तानीमा इंग्ल्याण्डले २०१९ को एक दिवसीय विश्वकप जितेको थियो। उपकप्तान अली दायाँ हाते अफ स्पिनरसमेत हुन्।

यता इंग्ल्याण्डका लेग स्पिनर म्याट पार्किन्सन आयरल्याण्डविरुद्धको खेलबाट बाहिरिएका छन्। सोमबारको प्रशिक्षणमा फिल्डिङका क्रममा उनी घाइते भएका थिए।

प्रकाशित: Jul 22, 2020| 14:58 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।