सोमबार, असार २९, २०८३

आईपीएलको आउँदो सिजन युएईमा हुने

इन्डियन प्रिमियर लिग (आईपीएल)को आउँदो सिजन युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने पक्का भएको छ।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल)को आउँदो सिजन युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबारको बैठकमा टी–२० विश्वकप एक वर्षका लागि स्थगित भएपछि आईपीएलले ठाउँ पाएको हो।

आईपीएलका गभर्निङ बडीका अध्यक्ष बृजेश पटेलले प्रतियोगिताका लागि सरकारसँग इजाजत मागिसकेको बताएका छन्। सो अनुमति प्राप्त भएलगत्तै प्रतियोगिताको तालिका बनाउन सुरु हुने छ।

यता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि प्रतियोगिताका लागि स्वीकृति प्रदान गरिसकेको छ। प्रतियोगिता आउँदो सेम्टेम्बरबाट नोभेम्बरसम्म हुने छ।

यसअघि गत मार्च १९ तारिकबाट आईपीएल आयोजना गरिएको भए तापनि कोरोना महामारीका कारण सो आयोजना हुन सकेन। त्यस्तै, सरकारले लगातार लकडाउन थप्दा अप्रिल १५ बाट गर्ने भनिए पनि दोस्रो पटक प्रतियोगिता गर्न नसक्दा अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

त्यसपछि बीसीसीआईले विश्वकप रद्द वा स्थगित भए सो समयमा आईपीएल गराउन पहल गर्दै आएको थियो। फलतः सोमबारको आईसीसी बैठकले विश्वकप स्थगित गर्यो भने मंगलबार बीसीसीआईले आईपीइल यूएईमा गर्ने निर्णय गरेको छ।

यूएईमा गर्ने भनिए पनि प्रतियोगिता ६० खेलकै हुने पटेलले बताएका छन्।

विश्वकपको टिकट मान्य हुने

अस्ट्रेलियाले आगामी अक्टुबर नोभेम्बरमा हुने भनिएको टी–२० विश्वकपमा बिक्री भएका टिकट अर्को वर्षका लागि पनि मान्य हुने भएको छ। अस्ट्रेलियन क्रिकेट बोर्डले यदि आफ्नै देशमा प्रतियोगिता आयोजना भए सो टिकट मान्य हुने बताएको हो।

एजेन्सी

प्रकाशित: Jul 22, 2020| 10:13 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।