सोमबार, असार २९, २०८३

ईपीएलमा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा सिटीले ४–० गोल अन्तरको जित निकालेको हो।
 |  बुधबार, साउन ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन ७, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा सिटीले ४–० गोल अन्तरको जित निकालेको हो।

जितका लागि रहिम स्टार्लिङले २ गोल गर्दा फाइल फोडेन र एमरिक लापार्तेले १–१ गोल गरे। खेलको ३१ औं मिनेटमा गोल गर्दै स्टार्लिङले सुरुवाती अग्रता बनाएका थिए। उनले वालकरको पासमा गोल गरेका थिए।

त्यस्तै खेलको ४०औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्न नसकेका स्टार्लिङले सोही मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए। उनको गोलसँगै सिटी पहिलो हाफमा २ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि सिटीले २ गोल थप्यो। फोडेनलले ६३ औं मिनेटमा गोल गरे भने डी ब्रुनको पासलाई सदुपयोग गर्दै लापोर्तेले ६६ औं मिनेटमा गोल गरे। यता घरेलु टिमले अन्तिमसम्म गोल गर्न नसकेपछि खेल ४–० गोल अन्तरमा सिटीले जित्यो।

जिसहित अंकतालिकामा सिटीको ७८ अंक भएको छ। उसले अन्तिम एक खेल बाँकी रहँदा ७८ अंक बनाएको हो। परातिज वाटफोर्ड भने ३४ अंकका साथ १८ औं अर्थात् रेलिगेसन जोनमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले एस्टोन भिल्लाको मैदानमा घरेलु टिमसँग १–० गोलको साँघुरो हार बेहोरेको छ। अंकतालिकामा आर्सनल ५३ अंकका साथ १० औं स्थानमा छ भने एस्टोन भिल्ला १७ औं स्थानमा छ।

प्रकाशित: Jul 22, 2020| 07:10 बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।