बिहीबार, चैत ५, २०८२

गणेशमान सिंह बक्सिङ प्रतियोगिता रद्द

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ। गणेशमान सिंह फाउन्डेसनको स्पोर्टस कमिटीले मंगलबार सूचना जारी गर्दै प्रतियोगिता रद्द भएको जनाएको हो।

National life

प्रतियोगिता चैत १८ देखि २२ सम्म हुने कार्यतालिका थियो। कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रतियोगिता आयोजना हुन नसकेपछि कमिटीले उपयुक्त समयमा गर्ने जनाउँदै आएको थियो। कमिटीले अहिले आएर प्रतियोगिता रद्द गरेको हो।

प्रतियोगिताका लागि विभिन्न प्रदेशबाट छनोट सम्पन्न भइसकेको थियो।

‘कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न प्रतिकूल भएको र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष सकिएका कारण प्रतियोगिताका लागि निकासा भएको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द भएको हो,’ कमिटीको सूचनामा उल्लेख छ।

प्रकाशित: Jul 21, 2020| 18:09 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।