बिहीबार, चैत ५, २०८२

दोस्रो टेस्टमा आयोजक इंग्ल्यान्ड विजयी

एजेन्सी– वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन शृंखलाको टेस्ट क्रिकेट अन्तर्गत दोस्रो टेस्टमा आयोजक राष्ट्र इंग्ल्यान्ड विजयी भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

एजेन्सी– वेस्ट इन्डिज र इंग्ल्यान्डको तीन शृंखलाको टेस्ट क्रिकेट अन्तर्गत दोस्रो टेस्टमा आयोजक राष्ट्र इंग्ल्यान्ड विजयी भएको छ।

National life

जुलाई १२ बाट १६ तारिखसम्म भएको प्रतियोगितामा इंग्ल्यान्डले पहुना टोलीलाई ११३ रनले हराएको हो।

पछिल्लो इनिङमा ३१२ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले ७०.१ ओभरमा सबै विकेट गुमाउँदै १९८ रनमा समेटिएपछि दोस्रो टेस्ट इंग्ल्यान्डले जितेको हो। खेलमा बेन स्टोक्स प्लेयर अफ दि म्याच घोषित भए।

खेलमा अफ्रिकन राष्ट्र वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक टोलीले १६२ ओभर खेल्दै २.८९ रनरेटमा ४६९ रन बनाएको थियो। जसमा बेन स्टोक्सले १७६ रन र डोम सिबलेले १२० रनको शतकीय इनिङ खेले। स्टोक्सले १७ चौका र २ छक्कासमेत प्रहार गरे।

फिल्डिङमा रहेको वेस्ट इन्डिजका रुस्तोन चेजले ५ विकेट लिए भने केमर रोचले दुई विकेट लिए।

Laxmi sunrise bank
kumari

वेस्ट इन्डिजले भने पहिलो इनिङमा उत्कृष्ट ब्याटिङ गर्न सकेन। राम्रो सुरुवात गरे पनि ब्याटिङ लाइन राम्रो चल्न सकेन। जसकारण ९९ ओभर खेल्दै २.८९ रन रेटमा २८७ रन मात्र बनाउन सक्यो। खेलमा क्रैयग ब्रेथवेल, बमशार ब्रुक र रुस्तोत चेजले अर्धशतकीय इनिङ खेले।

ब्रेथवेटले ७५ रन जोडे भने ब्रुक र चेजले क्रमशः ६८ र ५१ रनको योगदान दिए। यता इंग्लान्डका स्टुअर्ट ब्रोड र क्रिस वोक्सले समान ३–३ विकेट लिए। त्यस्तै साम कुरनले २ विकेट लिए।

त्यसपछि इंग्ल्यान्डको दोस्रो इनिङ भने मौसमले प्रभावित बन्यो। सम्पूर्ण खेल हुन नसकेपछि १९ ओभर खेलेको इंग्ल्यान्डले ६.७८ को रनरेटमा १२९ रन ल्याएपछि खेल छोट्याइयो। त्यतिबेला उसको तीन विकेट मात्र गएको थियो।

जसमा केमर रोचले २ विकेट हात पारे भने कप्तान जोय रुट रनआउट बने।

अन्तिम इनिङमा ३१२ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले ७०.१ ओभर खेल्दै १९८ रन जोड्दै आलआउट भयो। जहाँ समराह ब्रुक्सले ६२ रन जोडे भने जेर्मिनाइ ब्ल्याकबुडले ५५ रन जोडे।

दोस्रो इनिङमा इंग्ल्यान्डका लागि स्टुअर्ट ब्रोडले तीन विकेट लिए भने क्रिस भोक्स, डोम बेस र बेन स्टोक्सले समान २–२ विकेट लिए।

यसअघि ८–१२ जुलाईमा सम्पन्न खेलमा आयोजक इंग्ल्यान्ड ४ विकेटले पराजित बनेको थियो। जसमा सनोन ग्याब्रियल प्लेयर अफ दी म्याज घोषित भएका थिए।

तेस्रो खेल यही महिनाको २०–२४ तारिखमा हुनेछ।

प्रकाशित: Jul 21, 2020| 11:12 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।