बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मुख्य प्रशिक्षकसहित चार पदका लाागि दरखास्त आह्वान गर्दै क्यान

मुख्य प्रशिक्षकसहित चार पदका लाागि दरखास्त आह्वान गर्दै क्यान

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले सात दिनभित्र प्रमुख प्रशिक्षक सहित ४ पदका लागि दरखास्त आह्वान गर्ने भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले सात दिनभित्र प्रमुख प्रशिक्षक सहित ४ पदका लागि दरखास्त आह्वान गर्ने भएको छ।

National life

हिजो (सोमबार) बसेको क्यान कार्यसम्पादन समितिको बैठकले आईसीसीसँग समन्यव गर्दै प्रमुख प्रशिक्षकका साथै सात दिनभित्र महाप्रबन्धक, वित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको पनि पदपूर्तिको सूचना प्रकाशित गर्ने बताएको हो।

माघ २२ बाट २९ सम्म चलेको आईसीसी लिग २ अन्तर्गतको नेपालमा संचालित त्रिकोणात्मक क्रिकेट शृंखला सकिएसँगै भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता नेपालमा प्रमुख प्रशिक्षकको पद रिक्त छ।

क्यानले नयाँ प्रशिक्षकको पदपूर्ति नभएसम्मका लागि जगत टामाटालाई राष्ट्रिय टिम प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ।

त्यस्तै क्यानले प्रदेश क्रिकेट संघ मार्फत रहने गरी ७ जना प्रशिक्षकको पदपूर्ति सूचना प्रकाशित गर्ने भएको हो। मूलपानी स्थित क्रिकेट मैदानलाई आवश्यक थप ६ जना मैदान कर्मचारीको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ।

Laxmi sunrise bank
kumari

साथै पोखरा, भैरहवा र वीरगन्जमा एक–एक जाना पिच क्युरेटरको नियुक्ति गर्ने क्यानको योजना छ।

क्यानको आगामी वार्षिक साधारणसभा आउँदो भदौ १५ गते भित्र सम्पन्न गर्ने भएको छ भने हालका फिजियो विक्रम न्यौपानेलाई पूर्णकालिन फिजियोका रुपमा नियुक्त गरिएको छ। साथै अन्य व्यवस्थापक नभएसम्म टिमको व्यवस्थापनको जिम्मा पनि न्यौपानेलाई नै दिएको छ।

क्यानले ‘महिला क्रिकेट विकास समिति’ गठन गर्ने भएको छ। प्रदेश समितिमार्फत अन्य सदस्यहरु थप गर्नेगरी केन्द्रिय सदस्य जयन्ति भट्टको संयोजकत्वमा समिति गठन गरिएको हो।

प्रकाशित: Jul 21, 2020| 07:51 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।