सोमबार, असार २९, २०८३

डेबलाको पासमा रोनाल्डोको गोल, युभेन्टसको सहज जित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर युभेन्टसले लाजियोलाई पराजित गरेको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर युभेन्टसले लाजियोलाई पराजित गरेको छ।

युभेन्टसको एलियान्ज रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले २–१ गोलअन्तरको जित निकालेको हो।

जितका लागि दुवै गोल फरवार्ड क्रिस्टियानो रोनाल्डोले गरे। उनले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। त्यसको तीन मिनेट लगत्तै व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले दुई गोलको अग्रता बनाए। दोस्रो गोलका लागि पाबलो डेबलाले पास उपलब्ध गराए।

रोनाल्डोले ६६ औं मिनेटमा हेडमार्फत प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरिएपछि उनको ह्याट्रियक योजना सफल बनेन, बरु लाजियोका सिइरो इमोबाइलले ८३ औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए।

लाजियोले एक गोल फर्काएसँगै खेलको स्कोरिङ २–१ मा टुंगियो। जिसँगै शीर्षस्थानको युभेन्सटसले जितसँगै अंकतालिकामा ८० अंक बनाएको छ। ऊ उपाधिबाट ५ अंक मात्र टाढा छ भने पराजित लाजियो चौथो स्थानमा पुगेको छ। लामो समय दोस्रोस्थानमा कब्जा जमाएको लाजियो पछिल्ला खेलमा जम्न नसक्दा चौथो स्थानमा पुगेको हो।

अंकतालिकामा दोस्रो स्थानको इन्टर मिलानको ७२, तेस्रो स्थानको एटलान्टाको ७१ र लाजियोको ६९ अंक छ।

सिरी ए अन्तर्गत आज राति एटलान्टाले बोलोग्नासँग र सौसेलोले मिलानसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: Jul 21, 2020| 07:05 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।