सोमबार, असार २९, २०८३

ह्यारी केन चकिँदा टोटेनहमसँग लेस्टर सिटी पराजित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले लेस्टर सिटीलाई परातिज गरेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले लेस्टर सिटीलाई परातिज गरेको छ।

टोटेनहम हट्सपुर रंगशलामा सम्पन्न खेलमा घरेलु टिमले लेस्टरलाई ३–० गोलअन्तरले हराएको हो।

जितका लागि लामो समय चोटका कारण मैदान फर्कन नसकेका ह्यारी केनले २ गोल गरे भने एक गोल टोटेनहमले उपहार पायो।

खेलको छैटौं मिनेटमै लेस्टरका जेम्स जस्टिनले आत्मघाती गोल गर्दै टोटेनहमलाई गोल कोसेली दिए। सो गोलसँगै घरेलु टिम एक गोलले अघि रह्यो। त्यस्तै खेलमो ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका केनले ४० औं मिनेटमा पनि गोल गरे।

केनको दोस्रो गोलसँगै पहिलो माफमा टोटोनहमले ३–० गोलअन्तर बनाइसकेकोा थियो। तर दोस्रो हाफमा भने गोल गर्न सकेन।

जितसँगै टोटेनहम ५८ अंक बनाएर छैटौं स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको वुल्भ्स भने ५६ अंकका साथ सातौं स्थानमा छ। यता हारका बाबजुद लेस्टर चौथो स्थानमा कायम छ।

गएराति नै सम्पन्न अर्को खेलमा बर्नेमाउथ घरेलु मैदानमा साउथह्याम्टनसँग २–० गोल अन्तरले पराजित भएको छ।

प्रकाशित: Jul 20, 2020| 07:57 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।