बिहीबार, चैत ५, २०८२

लिगको अन्तिम खेलमा बार्सिलोनको सानदार जित

एजेन्सी– २०१९–२० सिजनको स्पेनिस शीर्ष फुटबल ला लिगा आइतबार रातिबाट सकिएको छ। अन्तिम खेलमा बार्सिलोनाले अलाभेसविरुद्ध दानदार जित निकालेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

एजेन्सी– २०१९–२० सिजनको स्पेनिस शीर्ष फुटबल ला लिगा आइतबार रातिबाट सकिएको छ। अन्तिम खेलमा बार्सिलोनाले अलाभेसविरुद्ध दानदार जित निकालेको छ।

National life

अलाभेसको मेन्दिजोराज रंगशालामा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ५–० गोल अन्तरको जित निकालेको हो।

जितका लागि लियोनेल मेस्सीले २ गोल गरे भने अन्सु फाती, लुइस सुआरेज र लेन्सल सेमेदोले १–१ गोल गरे।

खेलको २४ औं मिनेटमा गोल गर्दै फतीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा मेस्सीले गोल गर्दा क्याटालान क्लब २ गोलले अघि रह्यो। तेस्रो गोल सुआरेजले ४४ औं मिनेटमा गरे।

सुआरेजको गोल सँगै बार्सिलोनाले पहिलो हाफमा ३–० गोलअन्तर बनाइसकेको थियो। दोस्रो हाफमा पनि २ गोल थप्यो। ५७ औं मिनेटमा सेमेदोले र ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोनाले ५–० गोेल अन्तरले जित निकाल्यो।

Laxmi sunrise bank
kumari

यो खेलसँगै ला लिगाको जारी सिजन समाप्त भएको छ। पछिल्लो २ सिजन उपाधिमा कब्जा जमाएको बार्सिलोनाले यो सिजन रियललाई उपाधि सुम्पिन पुग्यो।

क्याटालान क्लबले ३८ खेलमा २५ जित, ७ बराबरी र ६ हारका साथ अंकतालिकामा ८२ अंक बनाएर अन्तिम खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ। त्यस्तै ८६ गोल गर्दा ३८ गोल खाएर ४८को गोलअन्तर बनाएको छ।

यता पराजित अलाभेस १६ औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको छ। उससले लिगमा १० जित, ९ बराबरी र १९ हार बेहोरेको छ। जसमा ३४ गोल गरेको छ भने ५९ गोलको समाना गर्दै अंकतालिकामा ३९ अंक बनाएको छ।

प्रकाशित: Jul 20, 2020| 08:05 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।