सोमबार, असार २९, २०८३

एफए कपको फाइनलमा चेल्सी र आर्सनल भिड्ने

एजेन्सी– इंग्लिस एफए कप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमीफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले फाइनलमा स्थान पक्का गरेको छ।
 |  सोमबार, साउन ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०७७

एजेन्सी– इंग्लिस एफए कप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमीफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले फाइनलमा स्थान पक्का गरेको छ।

वेम्बले रंशालामा सम्पन्न खेलमा चेल्सीले युनाइटेडलाई ३–१ गोल अन्तरले हराएको हो।

प्रतिस्पर्धात्मक खेलमा ओलिभियर जिरोउडले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। साथै पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो।

दोस्रो हाफको पहिलो मिनेटमै मेसन माउन्टले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसबाहेक चेल्सीका खेलाडीले गोल गर्न सकनेन्। तर ७४ औं मिनेटमा युनाइटेडका ह्यारी म्यागुरीले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले तीन गोलको अग्रता बनाएको थियो।

यता खेलको ८५ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले सान्त्वना गोल फर्काएसँगै ३–१ गोलअन्तरमा खेल सकियो।

सेमीफाइनलमा जित निकालेसँगै अब अगस्त १ मा हुने फाइनल खेलमा चेल्सीले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: Jul 20, 2020| 07:00 सोमबार, साउन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।