बिहीबार, चैत ५, २०८२

साविक विजेता सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

साविक विजेता म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ। वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

साविक विजेता म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ। वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो।

National life

सेमिफाइनलमा जितका लागि पियरर इमिरिक अबुमयाङले दुवै गोल गरे। उनले १९ औँ मिनेटमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए। सो गोलसँगै पहिलो हाफमा आर्सनल एक गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि अबुमयाङले नै गोल गरे। ७१ औं मिनेटमा गोल गर्र्दै उनले २–० गोलको जित सुनिश्चित गरे। जितसहित १३ पटकको विजेता टोली पुनः फाइनलमा प्रवेश गरेको हो।

अब आर्सनलले अगस्त १ मा हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीको आज राति हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ।

एफए कप युरोपा लिगका लागि क्वालिफायर प्रतियोगिता समेत हो। जारी इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आर्सनल १० औं स्थानमा रहेका कारण घरेलु लिगबाट युरोपा लिगमा प्रवेश गर्ने अवसर अति कम मात्रामा जिवित छ।

Laxmi sunrise bank
kumari

जसकारण ऊ एफए कपको सहायताबाट लिगमा स्थान बनाउन चाहान्छ।

यता सिटीले गत वर्ष छैटौं पटक कप जितेको थियो। त्यसपछि क्लबका सहायक प्रशिक्षक माइकले आर्टेटा नयाँ चुनौतिका लागि आर्सनल प्रवेश गरेका थिए। गत वर्षको आफ्नै क्लब सिटीलाई हराएर उनले पहिलो सिजनमै आर्सनललाई कपको फाइनलमा पुर्याएका छन्।

एजेन्सी

प्रकाशित: Jul 19, 2020| 10:10 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।