इटालियन सिरी एअन्तर्गत हिजो राति सम्पन्न खेलमा एसी मिलानले बालोग्नामाथि सानदार जित निकालेको छ। मिलानको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम बोलोग्नामाथि ५–१ गोल अन्तरको जित निकालेको हो।
सानदार जितका लागि एलेक्सिस सेलेमेकर्स, हकन काल्होग्लु, इस्माइल बेनेसा, एन्टी रिबिक र डेबिड केलब्रियाले गोल गरे।
सेलेमेसर्कले खेलको १०औं मिनेटमै गोल गर्दै क्लबलाई सुरुवाती आग्रता दिलाए। त्यस्तै, २४ औं मिनेटमा काल्होग्लुले अग्रता दोब्बर बनाए। तर, पहिलो हाफको निर्धारित समयभन्दा एक मिनेटअघि पाहुना टोलीका ताहिरो तोमियासुले गोल गर्दै खेललाई २–१ गोल अन्तरमा खुम्च्याए।
पहिलो हाफको अन्तिममा गोल गर्र्दै खेलमा फर्कन चाहे तापनि बालोग्ना खेलमा फर्कन सकेन। यता मिलानले दोस्रोे हाफमा तीन गोल थप्यो। ४९ औं मिनेटमा बेनेसाले गोल गर्दा ५७ औं मिनेटमा रिबिकले गोल गरे।
त्यस्तै, खेलको अतिरिक्त समयमा गोल गर्दै बेलब्रियाले जितलाई ५–१ गोलमा पुर्याए।
हिजो राति नै भएको अर्को खेलमा एटलान्टा नवौं स्थानको भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ। बराबरीका साथ एटलान्टा दोस्रो स्थानमा उक्लिएको छ। उसले अंकतालिकामा ३४ खेलबाट ७१ अंक बनाएको छ।
यता एक खेल कम खेलेको इन्टर मिलान समान ७१ अंकका साथ तेस्रो स्थानमा छ भने लाजियो ३३ खलमै ६९ अंकका साथ चौथो स्थानमा छ।
त्यस्तै, रोमा र एसी मिलान क्रमशः ५७ र ५६ अंकका साथ पाँचौ र छैटौं स्थानमा छन्। रोमाले ३३ खेल खेलेको छ भने एसी मिलाने ३४ खेल खेलेको छ। शीर्षस्थानको युभेन्टसले ३३ खेलमा ७७ अंक बनाएको छ।
सिरी एमा आज राति
नापोली र डिनेस, राति ११ः१५ बजे
रोमा र इन्टर मिलान, राति १ः३० बजे
एजेन्सी