शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
 |  शुक्रबार, असोज १, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, असोज १, २०७८

काठमाडौं- कंगोमा नेपाली सेनाका अमल्दार नमराज माझीमाथि ०७७ असोज ८ गते भएको निर्घात कुटपिटको खबर फोटोसहित भाइरल भयो। यो घटनाले त्यतिबेला कंगोदेखि नेपालको सैनिक मुख्यालयसम्म तरंग पैदा त गरेको थियो नै, सँगसँगै मिडियामा पनि राम्रै स्थान पाएको थियो। 

triton college

'कंगो मिसन' शृंखलाको पहिलोदोस्रो भागमा हामीले आर्थिक अनियमितताको पाटोबारे चर्चा गर्‍यौं। माझी कुटपिट प्रकरणको एक साता नबित्दै असोज १२ गते कान्तिपुर टिभीले त्यहाँ भएको औषधि खरिद र इन्धन अनियमितताबारे समाचार प्रसारण गरेको थियो। 

यो समाचार प्रसारण भएपछि सेनाभित्र त्यसले कस्तो हलचल मच्चायो, अनियमितताको खबर मिडियासम्म पुर्‍याएको अभियोग लगाएर कसरी दुई सह-सेनानी राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई बर्खास्त गरियो, हामीले त्यसबारे चर्चा गरिसक्यौं। 

यो पटक हामी ती अमल्दार नमराज माझीको बयान प्रस्तुत गर्दैछौं, जसलाई कंगोमा त्यतिबेला राति साढे १० बजेको समयमा सैनिक अधिकृतहरू इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले पाइपको लठ्ठी प्रयोग गरेर निर्मम कुटपिट गरेका थिए। कुटपिटको तस्बिर मिडियामा भाइरल नै भएको थियो। 

त्यसपछि सैनिक मुख्यालयले प्रमुख सेनानी क्षेत्रबहादुर मल्लको अध्यक्षतामा प्रमुख सेनानी निर्मल कुमार श्रेष्ठ र सह सेनानी डा. सुमन न्यौपाने सदस्य रहेको कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो। 

corrent noodles
Metro Mart
'फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।'

इन्क्वायरीले त्यतिबेला के-कस्तो राय दिएको थियो? रायका आधारमा समरी जनरल सैनिक अदालतले के-कस्तो फैसला गर्‍यो? कसरी कुटपिट गर्ने अधिकृतलाई सामान्य सजाय दिएर उन्मुक्ति दिइयो तर सूचना चुहाएको आरोपमा एक सिपाही सुजन पौडेललाई भने कडा सजाय दिइयो? यसबारे विस्तृत चर्चा हामी अर्को शृंखलामा गर्नेछौं। 

हामीलाई प्राप्त भएका ती प्रकरणसँग सम्बन्धित फाइल अध्ययन गर्दा कंगोमा नमराजले मात्रै होइन, अरु सैनिकले पनि कुटाइ खाएको रहस्य खुलाउँछ। तर, मिडियामा त्यतिबेलाको नमराजको मात्रै चर्चा भयो। यी विविध पाटोबारे अर्को शृंखलामा चर्चा गर्नुअघि यो पटक अहिलेसम्म सार्वजनिक हुन नसकेको नमराज माझीको बयान प्रस्तुत गर्दैछौँ। 

नमराज कुटपिटको घटनाका एक साक्षी भन्छन्, 'कुटपिट गर्ने अधिकृतहरुको मिलेमतोमा कोर्ट अफ इन्क्वायरीदेखि तत्कालीन गणपति शैलेन्द्र कोइरालासम्मले त्यतिबेला माझीलाई जागिर खाइदिने धम्की दिएर कुटपिट प्रकरणबारे थप नबोल्न बाध्य पारेका थिए।' तैपनि मिडियामा निलडामसहितको तस्बिर सार्वजनिक भएपछि सत्य लुक्न सकेन। यद्यपि नमराज आफैँले कुटपिटबारे आजसम्म केही बोलेका छैनन्, बोल्न पाएका छैनन्।

तर, त्यतिबेला गठन भएको कोर्ट अफ इन्क्वायरीले उनीसँग लिएको बयानको सार हामीलाई प्राप्त भएको छ। 

नमराज माझीको बयान जस्ताको त्यस्तैः 

असोज ८ गतेको ६ बजे खाना खाए पश्चात् बेडमा एकछिन आराम गरेँ। दिनभर गरेको कामले थकावट महसुस भई कसैलाई पनि थाहा नदिई साँझ ८ बजेतिर मैले एक प्याक रक्सी खाई बेडमा सुतेको थिएँ। म निदाइसकेको रहेछु। 

मलाई १०:३० बजे पिसाब लागेर उठी शौचालय जाने क्रममा बाटोमा सहसेनानी सरले कहाँ जान लागेको यता आइज भनेर भन्नुभयो। म पिसाब फेर्न आएको हो भनेँ। तत् पश्चात 'बेन पोजिसन'मा जा भन्नुभयो र म बेन पोजिसनमा गएँ। 


एक्कासी पाइपको लाठीले ममाथि ४/५ पटक हिर्काउनुभयो। म केही पनि बोलिनँ। फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो। 

एक जना सरले पाइपले र एक जनाले खुट्टाले हान्नुभयो र यो धेरै बोल्यो भनी सहसेनानी योगेन्द्र धिताल सरले फेरि हान्नुभयो। फेरि पुनः ममाथि हान्दै जानुभयो। मैले कुनै पनि जवाफ नदिई सहिरहेँ। कुनै पनि सरहरुमाथि बोली फिर्ता पनि गरिनँ र हातपात पनि गरिनँ। त्यतिखेरसम्म पनि सहेर बसिरहेँ। 

फेरि सहसेनानी इन्द्र बहादुर थापाले सैनिक प्रहरीको कुटाइ कस्तो हुन्छ भनेर अमल्दार विक्रम गाहालाई भन्नुभयो। अमल्दार विक्रम गाहाले पाइपले हान्नुभयो। त्यसपछि मैले केही पनि थाहा पाइनँ। सोही दिनको ११:१५ बजे साथीहरुले मलाई लाइनमा लगी सुताउनुभएको रहेछ। असोज ९ गतेको बिहान अमल्दार पराजित सिंह लोथ्यालले मलाई बोकेर मेडिकल लगि हाल मेरो स्वास्थ्यको उपचार भइरहेको छ। 

(यो घटनामा अरु क-कसले कुटाइ खाएका थिए? कसरी कुटपिट गर्ने अधिकृतलाई सामान्य सजाय दिएर उन्मुक्ति दिइयो तर सूचना चुहाउने एक सिपाहीलाई भने यातनासहित निर्मम सजाय नै दिइयो? त्यसबारे विस्तृत चर्चा हामी अर्को शृंखलामा गर्दैछौं। नेपाल समय हेर्दै गर्नुहोला।)

कंगो मिसन-२ : अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?


कंगो मिसनमा आर्थिक अनियमितताको खबर आउनुभन्दा केही दिनअघि अर्थात् असोज ८ गतेतिर अमल्दार नवराज माझीमाथि निर्घात कुटपिट भएको खबर निलडामसहितको तस्बिरसहित मिडियामा प्रकाशित भएको थियो। त्यतिबेला सैनिक अधिकृतहरू इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले  अमल्दार माझीलाई राती १० बजेको समयमा मादक पदार्थ सेवन गरेर उनी सुत्ने स्थलमै पुगेर कुटपिट गरेको खबरले कंगोदेखि जंगी अड्डासम्म तातेको थियो। 

कंगो मिसन-१ : कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए


नेपाली सेनाभित्रको आर्थिक अनियमितताको खबर मिडियामा पुर्‍याउन सहयोग गरेको अभियोगमा दुई जना सह-सेनानी जागिरबाट निकालिएको रहस्य बाहिर आएको छ। कोर्ट मार्सलमार्फत सेनाभित्रको आन्तरिक सूचना मिडियामा चुहाएको ठहर गर्दै भवानीदल गणमा कार्यरत सह-सेनानीद्वय राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई जागिरबाट बर्खास्त गरिएको एउटा 'गुपचुप' घटना नेपाल समयलाई प्राप्त भएको छ।... 

प्रकाशित: Sep 17, 2021| 18:51 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्