मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • 'फुटको दिशातर्फ अघि बढ्ने हो भने त्यसले निम्त्याउने क्षतिलाई पनि ध्यान राख्नुस्'

'फुटको दिशातर्फ अघि बढ्ने हो भने त्यसले निम्त्याउने क्षतिलाई पनि ध्यान राख्नुस्'

यसले दुर्घटना ननिम्त्याओस्, अध्यक्षहरु बसेर छलफल गर्नुस्। जे जे समस्या छन् आपसमा मिलाउनुस्, मात्रै भन्यौं।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा दिन दबाब बढेसँगै नेकपाभित्रको विवाद पेचिलो बनेको छ। ओलीमाथि दबाब बढाउन बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका ३० नेता बुधबार ललितपुरको एक पार्टी प्यालेसमा भेला भएर छलफल गरे। त्यसबाट झस्किएका प्रधानमन्त्री ओलीले बिहीबार बिहानै आफू पक्षका पाँच जना नेतालाई प्रचण्डसँग छलफल गर्न खुमलटार पठाएका थिए। ती पाँच दूत थिए, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शंखर पोखरेल र विष्णु रिमाल। सोही छलफलमा सहभागी नेम्वाङलाई नेपाल समयका धिरज बस्नेतले सोधका पाँच प्रश्न : 

triton college

प्रधानमन्त्री ओलीको सन्देश लिएर खुमलटार पुग्नुभएको थियो। त्यहाँ प्रचण्डसँग के कुराकानी भयो?

पार्टीभित्र बढ्दै गएको तनावका विषयमा अध्यक्ष प्रचण्डसँग गम्भीर छलफल भयो। उहाँले आफू पार्टीमा अपमानित भएको र अध्यक्ष ओलीले नेताहरुलाई जिम्मेवारी नदिएको, पार्टी र सरकार एक्लै चलाउन खोजेको लगायतका कारणले आफूलाई असहज भएको असन्तुष्टि जनाउनुभयो। यस्तो स्थितिमा के गर्ने निकास उहाँले दिने कि नदिने? पार्टीभित्रको समस्या कसरी हल गर्ने भन्ने विषयमा हामीसँग सुझाव पनि माग्नुभयो।

तपाईहरूले के सुझाव दिनुभयो?

दुई अध्यक्ष मिल्नुको विकल्प छैन, हिजो तपाईहरुकै व्यक्तिगत निर्णयको बलमा तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको हो। दुवै जना दुवै पार्टीको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो। एकले अर्कालाई अपमानित गर्ने भन्दा पार्टीभित्रको विवाद हल गर्न संवादलाई घनीभूत बनाउने र आपसमा कुनै असमझदारी भए त्यसलाई हटाउने काममा सक्रिय हुन सुझाव दियौं।

corrent noodles
Metro Mart

हामीले पनि यो पनि भन्यौं कि एकले अर्कालाई स्वीकार्न नसक्ने र पार्टी फुटको दिशातर्फ अघि बढ्न दिने हो भने त्यसले निम्त्याउने क्षतिलाई पनि ध्यान राख्नुस्।

पार्टी दुर्घटनामा गयो भने सयौं नेता, हजारौं कार्यकर्ता र लाखौं मतदातालाई के जवाफ दिने? जनताले यो एकता देखेर मत दिएका हुन्। त्यसैले पार्टी बचाउने दिशामा अध्यक्षज्यूले सक्रियता बढाउनुपर्यो भनेर हामीले सुझाव दियौं।

तपाईंहरु पनि केही प्रस्ताव लिएर जानुभएको थियो रे। के थियो त्यस्तो प्रस्ताव?

हामीले कुनै त्यस्तो ठोस प्रस्ताव लगेका थिएनौं। बस, पार्टीको विवाद चरम उत्कर्षमा पुग्यो। यसले दुर्घटना ननिम्त्याओस्, अध्यक्षहरु बसेर छलफल गर्नुस्। जे जे समस्या छन् आपसमा मिलाउनुस्, मात्रै भन्यौं। कोरोना महामारीका बेला देखिएको विवादले पार्टीलाई नै बद्नाम बनाउने खतरा बढेको तर्फ सचेत गरायौं।

अनि अध्यक्ष प्रचण्डले पार्टीलाई निकास दिन अर्का अध्यक्ष ओलीले राजनीनामा नै दिनुपर्छ भन्ने अडान राख्दै आउनुभएको थियो। यो विषयमा कुनै कुरा भएन?

भएन। उहाँले राजीनामाको कुरा उठाउनुभएन। पार्टीलाई एक ढिक्का कसरी बनाउने भन्ने विषयमा मात्रै छलफल केन्द्रित भयो।

खुमलटार वार्ताले पार्टीको विवाद मिलाउँछ त? अध्यक्ष प्रचण्डले तपाईंहरुको सुझावप्रति कस्तो प्रतिक्रिया दिनुभयो?

छलफल सकारात्मक भएको छ। उहाँ गम्भीर देखिनुभएको छ । आशा गरौं राम्रै परिणाम दिन्छ।

प्रकाशित: Jul 02, 2020| 12:35 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...