शुक्रबार, असोज ३१, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • जापानले बनायो स्मार्ट मास्क : भाषा अनुवाद गर्ने, आवाज ठूलो बनाइदिने

जापानले बनायो स्मार्ट मास्क : भाषा अनुवाद गर्ने, आवाज ठूलो बनाइदिने

कोरोना भाइरसको महामारी सुरु भएपछि विश्वभर ‘फेस मास्क’ काे माग बढ्दो छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारी सुरु भएपछि विश्वभर ‘फेस मास्क’ काे माग बढ्दो छ।

Kumaribank

यसअघि सामान्य रुपमा प्रयोग हुने गरेको मास्कको प्रयोग अचानक बढेपछि थुप्रै देशहरुले आफ्ना नागरिकलाई मास्क उपलब्ध गराउन सकेनन्।

मास्क उत्पादन गरिरहेका कम्पनीहरुले यो बीचमा आफ्नो व्यापारलाई निकै ठूलो र फराकिलो बनाउन सफल भए।

यही बीचमा जापानको एक कम्पनीले स्मार्ट मास्क बनाएको छ।

'स्टार्टअप डोनट रोबोटिक्स' कम्पनीले ‘इन्टरनेट कनेक्टेड’ मास्क निर्माण गरेको छ। ‘सी–मास्क’ नाम दिइएको यो मास्कले जापानी भाषालाई अठवटा अन्य भाषामा अनुवाद गर्न सक्छ।

Metro Mart

यो मास्क अनुहारमा राम्रोसँग फिट भएर बस्छ भने ब्लुटुथको माध्यमबाट स्मार्टफोन वा ट्याबलेटसँग कनेक्ट गर्न सकिन्छ।

कसरी बन्यो स्मार्ट मास्क

निर्माण कम्पनीका अनुसार मास्कबाट फोन गर्न सकिन्छ भने यसको प्रयोगकर्ताले बोलेको आवाजलाई ठूलो बनाएरपठाइदिन्छ। त्यसो गर्दा छेउमा बसेका व्यक्तिले मास्कभित्रबाट आएको आवाज पनि ठूलो सुन्न सक्छन्।

डोनट रोबोटिक्सका इन्जिनियरहरु कुनै नयाँ आविस्कारको सोचमा केही समयदेखि थिए। कोरोना भाइरसको महामारीपछि विश्वभर मास्कको अभाव भयो। बनेका मास्कहरु परम्परागत थिए।

त्यसपछि कुनै नयाँ प्रविधियुक्त मास्क बनाउने सोचमा उनीहरु लागे। डोनट रोबोटिक्सका प्रमुख कार्यकारी टिकुसे ओनोले भने, ‘हामीले यस प्रकारको नयाँ उत्पादनका लागि वर्षौँदेखि मेहनत गरिरहेका थियौँ। कोरोना महामारीकै बीच स्मार्ट मास्क बनाउन सफल भएका छौँ यो महामारीको समयमा उपयुक्तसमेत हुन सक्छ।’

सेप्टेम्बरमा ५ हजार मास्क बेच्ने योजना

डोनट रोबोटिक्सले सेप्टेम्बर महिनामा जापानमा ५ हजार मास्क बेच्ने लक्ष्य राखेको छ। साथै चीन, अमेरिका तथा युरोपमासमेत मास्क बेच्ने योजना कम्पनीले गराएको छ।

यो फेस मास्कको मूल्य झण्डै ४० डलर हुन सक्ने अनुमान गरिएको छ। यो मास्कका लागि स्मार्ट फोनमा एप हुनेछ। एपबाटै मास्क अर्डर गर्न सकिने भएकाले व्यापार राम्रो हुन सक्ने कम्पनीको विश्वास छ।

क्राउडफन्डिङबाट रकम संकलन

ओनोले जापानी क्राउडफन्डिङ साइट फन्डिनोको माध्यमबाट डोनट रोबोटिक्सको शेयर बेचेर यो मास्कका लागि २८ मिलियन जापानी यन अर्थात् ३ करोड १३ लाख भन्दा बढी रुपैयाँ जुटाए।

उनले आफूहरुले तीन मिनेटभित्र ७ मिलियन यन संकलनको सुरुवाती लक्ष्य राखेको र ३७ मिनेटपछि कोष संकलनको काम बन्द गरिएको बताए।

Japanese startup creates internet-connected face mask for ...

प्रकाशित: Jun 28, 2020| 15:35 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...