शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • ट्विटरको 'ब्लू-टिक भेरिफिकेसन' पुनः सुरु, के हुन्छ मापदण्ड र प्रक्रिया ?

ट्विटरको 'ब्लू-टिक भेरिफिकेसन' पुनः सुरु, के हुन्छ मापदण्ड र प्रक्रिया ?

ट्विटरले भेरिफिकेसन प्रक्रियालाई पुन:सुरु गरेको छ। गत महिना भेरिफिकेसन प्रक्रियालाई बन्द गरेको ट्विटरले एक महिना नबित्दै फेरि यो प्रक्रिया सुरु गरेको जनाएको हो।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं-  ट्विटरले भेरिफिकेसन प्रक्रियालाई पुन:सुरु गरेको छ। गत महिना भेरिफिकेसन प्रक्रियालाई बन्द गरेको ट्विटरले एक महिना नबित्दै फेरि यो प्रक्रिया सुरु गरेको जनाएको हो।

Kumaribank

ट्विटरले भनेको छ, ‘हामीले अघिल्लो महिना आएका आवेदन अध्ययन गर्न भेरिफिकेसन प्रक्रिया बन्द गरेका थियौं। अब आवेदनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारीको साथ फेरि खुला गरिएको छ।’

यसअघिको आवेदनमा कतिपय फेक अकाउन्टसमेत भेरिफाइड भएकोपछि धेरैले ट्विटर भेरिफिकेसन प्रक्रियाको आलोचना गरेको थिए। त्यसरी आलोचना भएसँगै कम्पनीले भेरिफिकेसनलाई रोकेको थियो।

के हुन्छ मापदण्ड ?

- ट्विटर अकाउन्ट प्रयोगकर्ताले ट्विटर भेरिफिकेसनका लागि आवश्यक योग्यता पूरा गरेको अवस्थामा आवेदन दिन सकिन्छ।

Metro Mart

- ट्विटरमा वास्तविक नाम वा त्यस समानको नाम हुनुपर्छ। कम्पनीको सन्दर्भमा समेत यही नियम लागु हुन्छ।

- ट्विटरमा भेरिफाइड फोन नम्बर, ई-मेल आइडी, व्यक्ति वा कम्पनी अथवा ब्रान्डको बारेमा विस्तृत जानकारी समेत उल्लेख गर्नुपर्छ।

 - कम्पनी, ब्राण्ड वा अकाउन्ट प्रयोगकर्ताको वास्तविक तस्बिर उपलब्ध गराउनुपर्छ।

- व्यक्तिगत अकाउन्टको हकमा जन्मदिनको जानकारी उपलब्ध गराउनुपर्छ। ट्विटरको प्राइभेसी सेटिङमा ट्विटलाई पब्लिक रुपमा सेट गर्नुपर्ने हुन्छ। सरकारले जारी गरेको परिचयपत्र (नागरिकता, राहदानी वा ड्राइभिङ लाइसेन्स जस्ता कागजात) को स्क्यान कपि अपलोड गर्नुपर्ने हुन्छ।

के छ प्रक्रिया ?

- ट्विटर एप तथा ट्विटरको वेबसाइटमा रहेको अकाउन्ट सेटिङबाट भेरिफिकेसनका लागि आवेदन दिन सकिन्छ।

-त्यसका लागि तीन वटा थोप्ला भएको आइकनमा क्लिक गर्नुपर्छ। 

- त्यसपछि  सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुपर्छ। 

- आफ्नो अकाउन्टमा जाने र स्क्रोल गर्दै अकाउन्ट इन्फरमेसनमा गएर भेरिफिकेसन रिक्‍वेस्टमा ट्याप गर्ने । त्यहाँ रहेको स्टार्ट रिक्‍वेस्टमा थिच्‍ने।

- आवश्यक विवरण भरेर 'सबमिट' गर्ने।

- त्यसपछि ट्विटरले अकाउन्ट भेरिफाइ भए-नभएको जानकारी ईमेलमार्फत दिन्छ। यदि अकाउन्ट भेरिफाइ भएन भने ३० दिनपछि पुनः यही प्रक्रियाबाट भेरिफिकेसनका लागि निवेदन दिन सकिन्छ। 

प्रकाशित: Sep 14, 2021| 20:31 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...