मंगलबार, वैशाख ३०, २०८२

दूरी कायम गरेर हातमा फूल बोकी प्रदर्शन

शनिबार बिहान माइतीघरमा प्रदर्शनमा उत्रेका युवाहरुले यसअघिका दिनभन्दा फरक ढंगले विरोध प्रदर्शन गरेका छन्।
 |  शनिबार, जेठ ३१, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

vianetvianet

सरकारका गतिविधिविरुद्ध निरन्तर आन्दोलनरत युवाहरुले शनिबार पनि प्रदर्शन जारी राखेका छन्। शनिबार बिहान माइतीघरमा प्रदर्शनमा उत्रेका युवाहरुले यसअघिका दिनभन्दा फरक ढंगले विरोध प्रदर्शन गरेका छन्।

triton college

हातमा गुलाफको फूल बोकेका प्रदर्शनकारीहरुले सरकारलाई आफ्नो दायित्व नबिर्सन सचेत गराएका छन्।

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवादसमेत दिएका छन्।

आज पनि उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन्। यद्यपि, माइतीघरमा हिसाब मागेर प्रदर्शन भइरहँदा बालुवाटारमा सरकारले हिसाब सार्वजनिक गरेको छ।

प्रदर्शनकारीले क्वारेन्टिनलाई जोखिममुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन्।

National life insurance

७ विदेशीसहित १० जना नियन्त्रणमा

यसैबीच शनिबारको प्रदर्शनका क्रममा प्रहरीले ७ विदेशीसहित १० जनालाई नियन्त्रणमा लिएको छ।

सरकारविरुद्ध भइरहेको प्रदर्शनमा प्लाकार्डसहित प्रदर्शनमा उत्रेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसरका एसएसपी श्याम प्रसाद ज्ञवालीले चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन र नर्वेजियन नागरिक नियन्त्रणमा लिएको जानकारी दिए। हाम्रो आन्तरिक मामलामा किन विदेशीहरु प्रदर्शनमा उत्रिए, त्यसबारे छानविन हुने उनले बताए।

प्रकाशित: Jun 13, 2020| 12:20 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।