कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले आज पनि प्रदर्शन गरेका छन्।
हिजो (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका युवाहरुले आज नक्साल तथा भाटभटेनी क्षेत्रमा प्रदर्शन गरेका हुन्।
शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले प्रदर्शन नगर्न आग्रह गरेको थियो। उक्त आग्रह युवाहरूले नमानेपछि पानीको फोहरा तथा अश्रु ग्यास प्रहार गरिएको थियो।
प्रदर्शनकारीले सरकारले खर्च गरेको दश अर्ब रूपैयाँको हिसाब मागेका थिए। त्यस्तै, आरडीटी नभएर पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनमा उचित सुविधा हुनुपर्नेलगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।