शनिबार, मंसिर १३, २०८२

मंगलबार गण्डकी प्रदेशसभा बैठक बस्दै

दिउँसो १ बजेदेखि पोखरा सभागृहमा बैठक सुरु हुने प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

गण्डकी-गण्डकी प्रदेशसभा बैठक मंगलबार बस्ने भएको छ। दिउँसो १ बजेदेखि पोखरा सभागृहमा बैठक सुरु हुने प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए।  मंगलबारको बैठकमा चारवटा विधेयक पेश हुने र ती विधेयकमा छलफल हुने उनले जानकारी दिए। ती विधेयकमा छलफल र पारित भएपछि असोजको पहिलो हप्तादेखि सदन बन्द हुनेछ। 

National life

गत असार ३० मा मार्सल लगाएर प्रदेशको बजेट पास गराएपछि सदन बस्‍न सकेको थिएन। विकास निर्माणदेखि बजेट विनियोजनमा असन्तुष्ट जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेको थियो।

प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुव्वा गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबिच सोमबार साँझ भएको वार्तापछि सदन बस्‍न लागेको हो। दुई नेताबिच भएको सहमति अनुसार अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने भएको छ।

संसद् सचिवालयका अनुसार ५ वटा विधेयक दर्ता भएका छन्। एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने ४ वटा विधेयक मंगलबारको बैठकमा ‘टेबुल’ हुनेछ। आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने सचिवालयले जनाएको छ।

यस्तै, मंगलबारको बैठकले २ वटा समितिमा सदस्यहरु हेरफेर गर्ने छ। नयाँ समीकरणको सरकार बनेपछि समिति सभापति हेरफेर गर्ने क्रममा सदस्यको बदली गर्नुपर्ने अवस्था आएको हो। तत्कालीन सत्तापक्ष एमालेले सम्हाल्दै आएको विधायन समितिको सभापति अब कांग्रेसले पाउने छ भने तत्कालीन प्रतिपक्षी कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति एमालेले पाउने छ। समिति सभापतिको चुनाव भने ३१ गते हुने भएको छ।

Laxmi sunrise bank
kumari

कांग्रेसबाट विष्ष्णुप्रसाद लामिछाने विधायन समितिको सभापति बन्नेछन् भने लेखा समिति सभापति एमाले सांसद रोशन गाहा मगरलाई बनाउन लागिएको छ। दुवैजना नवलपुरबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: Sep 14, 2021| 11:07 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।