शनिबार, मंसिर १३, २०८२

नक्कली सुन बेच्दै हिँडेका सात जना पक्राउ

कास्की प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

National life
Laxmi sunrise bank
kumari

पोखरा- कास्की प्रहरीले नक्कली सुन बेच्दै हिँडेका सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सुनका कालीगढसहित सात जना रहेका छन्।

प्रहरीले पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको जनाएको छ। नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट पहेलो धातुसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 30, 2021| 06:45 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।