मंगलबार, असार ३०, २०८३

कोरोना संक्रमणबाट २८ वर्षीय जापानी रेस्लरको निधन

कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट जापानमा एक रेस्लरको निधन भएको छ। २८ वर्षीय जापनी रेस्लर सेबुसी (कियोटाका सुताके)को बुधबार निधन भएको जापान सुमो एसोसिएसन (जेएसए)ले जनाएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट जापानमा एक रेस्लरको निधन भएको छ। २८ वर्षीय जापनी रेस्लर सेबुसी (कियोटाका सुताके)को बुधबार निधन भएको जापान सुमो एसोसिएसन (जेएसए)ले जनाएको छ।

सेबुसीलाई गत अप्रिल १० मा कोरोना संक्रमण देखिएको थियो।

महामारीबाट ज्यान गुमाउने उनी जापानका पहिला रेस्लरसमेत हुन्। त्यस्तै जापानमा कोरोनाका कारण ज्यान गुमाउने ३० वर्षमुनिका उनी पहिला व्यक्ति हुन्।

डायबिटिजका बिरामीसमेत रहेका उनलाई अप्रिल १० पछि राजधानी टोकियोको एक अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था नाजुक भएपछि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

सेबुसीले रेस्लिङमा सन् २००७ मा डेब्यु गरेका थिए। उनी जेएसएफको चौथो डिभिजनको ११ नम्बरमा पुगेका थिए।

जापानमा अप्रिल २५ मा लोवर डिभिजनका ४ रेस्लरमा कोरोनाको संक्रमण पाइएको थियो।

कोरोनाका कारण सुमो समितीले ओसाकामा अप्रिल २५ मा बन्द रंगशालाको रिङमा प्रतिस्पर्धा गराएको थियो।

त्यस्तै, कोरोनाका कारण रेस्लर संक्रमणमा पर्न थालेपछि टोकियोमा मे २४ बाट जुन २७ सम्म हुने भनिएको प्रतियोगिता पनि रद्द गरिएको छ।

यसैबीच, बंगलादेशका डेवलपमेन्ट कोच अशिकुर रहमानलाई पानि कोरोनाको संक्रमण देखिएको छ। बंगलादेश क्रिेकट बोर्डका प्रमुख मोहम्मद जलालले यसको जानकारी दिएका छन्।

एजेन्सी

प्रकाशित: May 14, 2020| 12:28 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।