मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्लिस क्लबले टेलिभिजनलाई ३४० मिलियन पाउन्ड फिर्ता गर्नुपर्ने

इंग्लिस क्लबले टेलिभिजनलाई ३४० मिलियन पाउन्ड फिर्ता गर्नुपर्ने

इंग्लिस प्रिमियर लिगका क्लबहरूले ठूलो रकम टेलिभिजनलाई फिर्ता गर्नुपर्ने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

इंग्लिस प्रिमियर लिगका क्लबहरूले ठूलो रकम टेलिभिजनलाई फिर्ता गर्नुपर्ने भएको छ।

कोरोनाका भाइरस (कोभिड–१९)का कारण रोकिएको लिग पुनः सुरु भए पनि क्लबहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रोडकास्टरलाई रकम फिर्ता गर्नुपर्ने भएको हो।

सोमबार क्लबहरूलाई ३४० मिलियन पाउन्ड टेलिभिजनलाई फिर्ता गर्नुपर्ने सर्त अघि सारिएको थियो। सिजन छोटो भएमा वा रेलिगेसन खारेज गरियो भने यो आँकडा झन् बढ्न सक्ने बताइएको छ।

त्यस्तै, न्युट्रल भेन्युमा खेलाउनेबारे पनि क्लबले अनुसन्धान गरेको थियो। सिजनका बाँकी खेल दर्शकबिना खेलाइँदा, न्युट्रल भेन्यु र पहिले तोकिएको मितिभन्दा भिन्नै समयमा खेलाइने भएपछि पैसा टेलिभिजनले फिर्ता पाउनुपर्ने बताइएको छ।

खेल पुनः सुरु गर्ने योजना सम्बन्धमा सोमबार क्लब अफिसियलको बैठकले रकमबारे यस्तो निष्कर्ष निकालेका हुन्।

प्रिमियर लिगका अध्यक्ष रिकार्ड मास्टरले यो सिजन रद्ध भएमा एक बिलियन घाटा लाग्ने अनुमान गरेका थिए।

“हामी आज (महामारीको समयमा) पनि क्लबहरूलाई अध्यावधिक गर्न सक्षम छौं र हाम्रो ब्रोडकास्टरसँगको सम्झौता गोप्य रहने छ,” मास्टरले बैठकपछि भने, “तर, जस्तो सिजन सुरु भए पनि क्लबको आयमा उल्लेखनीय घाटा हुनेछ।”

एजेन्सी

प्रकाशित: May 12, 2020| 11:44 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।