आइतबार, चैत ८, २०८२

च्याम्पियन्स लिग फर्किँदै

फ्रान्सेली क्लब लायोनले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने भएसँगै युरोपियन क्लबको शीर्ष लिग मैदान फर्किने भएको छ। क्लबका अध्यक्ष जिन माइकेल अलसले लायोनले अगस्ट ७ मा तय गरिएको खेल खेल्ने बताएपछि च्याम्पियन्स लिग फर्कने पक्का भएको हो।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

एजेन्सी– फ्रान्सेली क्लब लायोनले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने भएसँगै युरोपियन क्लबको शीर्ष लिग मैदान फर्किने भएको छ। क्लबका अध्यक्ष जिन माइकेल अलसले लायोनले अगस्ट ७ मा तय गरिएको खेल खेल्ने बताएपछि च्याम्पियन्स लिग फर्कने पक्का भएको हो।

National life

युरोपको शीर्ष पाँच लिगमध्ये फ्रेन्च लिग १ रद्द भएको छ। अन्य लिग भने मैदान फर्कने तयारीमा हरेका छन्। च्याम्पियन्स लिगमा पनि यि नै पाँच शीर्ष देशका क्लबहरु रहेका छन्।

तर लिग १ रद्द भएपछि फ्रेन्च क्लब प्रतिस्पर्धामा नआउने सम्भावना बढेर गएको थियो।

‘टुरिनको बन्द रंगशालामा युभेन्टसविरुद्धको दोस्रो लेग खेल्न लायोन तयार छ,’ अलसले भने, ‘यदि हाम्रो पुनरावेदन सफल रहेन भने लिग को क्यान्सिलेसन हाम्रो लागि घातक हुने छ।’

फ्रान्सका क्लबहरुले लिग १ रद्द भएको विरुद्ध कानुनी उपचार खोजेको पनि बताएका छन्।

Laxmi sunrise bank
kumari

लिग रद्द भएका कारण फ्रान्सकोे फुटबलले ९०० मिलियन युरो बराबरको मूल्य चुकाउनुपरेको अलसको दावी छ।

यता च्याम्पियन्स लिगमा १६ राउन्डका ४ खेल बाँकी रहेका छन्। १२ खेल कोरोना महामारी अघि नै सकिएका हुन्। पहिलो लेगको खेलमा लायोनले इटालीयन क्लब युभेन्टसलाई घरेलु मैदानमा १–० को गोल अन्तरले हराएको थियो।

च्याम्पिन्स लिगका बाँकी खेल तालिका

अगस्ट ७ः युभेन्टस र लायन, म्यान्चेस्टर सिटी र रियल मड्रिड (१६ राउन्ड, लेग २)
अगस्ट ८ः वायर्न र चेल्सी, बार्सिलोना र नेपोली (१६ राउन्ड, लेग २)
अगस्ट ११, १२ः क्वाटर फाइनल पहिलो लेग
अगस्ट १५, १५: क्वाटर फाइनल दोस्रो लेग
अगस्ट १८, १९ः सेमी फाइनल पहिलो लेग
अगस्ट २१, २२ः सेमी फाइनल दोस्रो लेग
अगस्ट २९ः फाइनल (स्तानबुल)

युरोपा लिगका बाँकी खेल तालिका

अगस्ट २,३ः सेभिल्ला र रोमा, इन्टर मिलान र गेटाफे (१६ राउन्डको दोस्रो लेग)
अगस्ट ६ः १६ राउन्डको दोस्रो लेग
अगस्ट १०ः क्वाटर फाइनल पहिलो लेग
अगस्ट १३ः क्वाटर फाइनल दोस्रो लेग
अगस्ट १७ः सेमी फाइनल पहिलो लेग
अगस्ट २०ः सेमी फाइनल दोस्रो लेग
अगस्ट २७ः फाइनल

प्रकाशित: May 10, 2020| 17:58 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।