मंगलबार, असार ३०, २०८३

बुन्डेलिगा–२ सुरु हुन साताअघि डायनामाका खेलाडी आइसोलेसनमा

जर्मन फुटबल लिग बुन्डेलिगा–२ मे १६ मा सुरु गर्ने तयारी गरिएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

जर्मन फुटबल लिग बुन्डेलिगा–२ मे १६ मा सुरु गर्ने तयारी गरिएको छ। तर, प्रतियोगितामा सहभागी क्लब डायनामो ड्रेसडेनका खेलाडी साता अघिबाट आइसोलेसनमा बसेका छन्।

क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि क्लबले सबै खेलाडीलाई आइसोलेसनमा राखेको हो। प्रशिक्षणमा सहभागी भएका प्रशिक्षक र ग्राउन्ड स्टाफलाई पनि आइसोलेसनमा राखिएको क्लबले बताएको छ।

जर्मन फुटबल संघ (डीएफबी)ले बुन्डेलिगा–२ सँगै बुन्डेसलिगा यहीँ मे १६ बाट सुरु हुने तयारी गरिरहेको छ।

बुन्डेसलिगा कोरोनापछि सुरु हुने पहिलो युरोपियन लिग हुनेछ। “सत्य यो हो की– अबको १४ दिन हामी न प्रशिक्षण गर्छौं न खेलमा उपस्थित हुन्छौं,” उसले भनेको छ।

गत बिहीबार डीएफबीले बाँकी सिजन स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन गरिने बताएको थियो।

प्रतियोगितामा दर्शकको उपस्थितिमाथि पूर्ण बन्देज लगाइएको छ। त्यस्तै, मैदानमा तीन सय जनासम्म मानिस उपस्थित हुन सक्ने डीएफबीले बताएको छ। त्यसमा खेलाडी, स्टाफ, कोचलगायत पर्छन्।

एजेन्सी

प्रकाशित: May 10, 2020| 11:42 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।