आइतबार, चैत ८, २०८२

‘अनलाइन प्रतियोगिताले नयाँ युगको सुरुवात गरेको छ’

विश्व तेक्वान्दोका अध्यक्ष चुङवान चाउले जर्मनीमा भइरहेको अनलाइन तेक्वान्दो प्रतियोगिताले नयाँ युगको सुरुवात गरेको बताएका छन्। उनले भिडियो सन्देश जारी गर्दै प्रतियोगिताको शैलीले खेललाई नयाँ टेस्ट दिएको बताए।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

विश्व तेक्वान्दोका अध्यक्ष चुङवान चाउले जर्मनीमा भइरहेको अनलाइन तेक्वान्दो प्रतियोगिताले नयाँ युगको सुरुवात गरेको बताएका छन्। उनले भिडियो सन्देश जारी गर्दै प्रतियोगिताको शैलीले खेललाई नयाँ टेस्ट दिएको बताए।

National life

जर्मनीमा जारी प्रतियोगितामा विश्वका ७२ देशका खेलाडीको सहभागिता रहेका छ। अनलाइन डेडो ओपन युरोपिन पुन्से च्याम्पियनसिप नाम दिइएको प्रतियोगितामा १२ सयभन्दा धेरै खेलाडीको सहभागिता छ।

पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले विश्वका तेक्वान्दो प्रेमिलाई जोडेको उनले बताए। उनले भने, ‘महामारीमा पनि तेक्वान्दोले प्रविधिको विस्तारसँगै खेललाई अघि बढाएको छ।’ उनले अनलाइन प्रतियोगितालाई ‘टेक तेक्वान्दो’ भनेका छन्। यो प्रतियोगिताले तेक्वान्दोलाई नयाँ युगमा लैजान मार्ग निर्देशन गर्ने पनि उनले बताए।

प्रतियोगितामा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा ३ जना सेमिफाइनलका लागि छनोट भएका छन्। भने दुई जना प्रिलिमिनरी राउन्डबाट बाहिरिएका छन्।

प्रकाशित: May 08, 2020| 15:49 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।