मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी दोस्रो चरणमा

अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी दोस्रो चरणमा

पहिलो पटक सञ्चालन भएको अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिप जर्मनीमा चलिरहेको छ। नेपालका पाँच खेलाडी सहभागी उक्त प्रतियोगितामा तीन खेलाडी दोस्रो चरणमा पुगेका छन् ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– पहिलो पटक सञ्चालन भएको अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिप जर्मनीमा चलिरहेको छ।

नेपालका पाँच खेलाडी सहभागी उक्त प्रतियोगितामा तीन खेलाडी दोस्रो चरणमा पुगेका छन्, जसमा जितबहादुर बोट, कमल श्रेष्ठ र प्रेमबहादुर लिम्बु छन्। यस्तै, लक्ष्मणबहादुर ऐर र पार्वती गुरुङ भने अघिल्लो चरणमा पुग्न सकेनन्।

प्रतियोगिताका लागि नेपाली खेलाडीको तयारी नेपाल प्रहरीका लक्ष्मण बहादुर ऐरले गरेका थिए। “मैले नै प्रतियोगितामा सहभागी हुनुपर्छ भनेर खेलाडीलाई सहयोग गरेको थिए। जसअनुसार हामीले मिलेर प्रशिक्षण गर्यो,” नेपाल समयसँग कुरा गर्दै उनले भने, “म र पार्वती गुरुङ प्रिलिमिनरी राउन्डबाटै बाहिरिएका छौं। अन्य तीन खेलाडी दोस्रो राउन्डमा गएका छन्। त्यसको नतिजा पनि भोलिसम्म आउला। आशा छ– राम्रै होला।”

लक्ष्मणले सिनियरतर्फ ५० वर्ष भन्दा कम उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। त्यस्तै पार्वती गुरुङले महिलाको ३० वर्षभन्दा कम उमेर समूहबाट भाग लिएकी थिइन्। अन्य खेलाडीले पुरुषतर्फ ३० वर्षभन्दा कम उमेर समूहको प्रतियोगितामा भाग लिएका हुन्।

प्रतियोगितामा ७२ देशका १२ सयभन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

 

प्रकाशित: May 07, 2020| 18:18 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।