सिन्धुपाल्चोक- नेकपा एकीकृत समाजवादी पार्टीले सिन्धुपाल्चोक। जिल्ला कमिटी गठन गरेको छ। एकीकृत समाजवादीले सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सहसंयोजक रहने गरी १ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितीमा सिन्धुपाल्चोकमा एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरिएको हो। जिल्ला कमिटी सदस्यमा एमालेबाट वडा सदस्य जितेकाहरू रहे पनि उनीहरूले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन्।
समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ। संयोजन समितीमा भगवती नेपाल, सोम सापकोटा, गम्भीरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहेका छन्। जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक सापकोटाले जानकारी दिए ।
यस्तै एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि देशलाई विदेशी शक्तिकेन्द्रको क्रिडास्थल बनाएको आरोप लगाएको छ। आफूलाई सच्याउन तयार हुनुपर्नेमा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वास्थ पुरा गर्ने बाटो रोजेको एकीकृत समाजवादीको आरोप छ।