शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ईश्वर पोखरेलको दाबी : एमाले फुटको असर ९ प्रतिशत छ, खिइएर २ प्रतिशतमा झर्छ

ईश्वर पोखरेलको दाबी : एमाले फुटको असर ९ प्रतिशत छ, खिइएर २ प्रतिशतमा झर्छ

एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्नेसमेत उनको भनाइ थियो। फुटपछि एमाले अझ सबल हुने उनको दाबी थियो।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन्। 

शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको दाबी गरेका हुन्। 

एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्नेसमेत उनको भनाइ थियो। फुटपछि एमाले अझ सबल हुने उनको दाबी थियो। 

‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपउन यो २/३ प्रतिशत मा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ,’ महासचिव पोखरेलको दाबी छ। 

प्रकाशित: Sep 11, 2021| 19:13 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...